इटहरी । १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विनामा मानिसको जीवन चल्न नसक्ने वताएका छन ।

   सुनसरीको इटहरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको ६६औं बार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राईले अहिलेको समयमा शिक्षाको महत्वका विषयमा जोड दिएका हुन ।

   मुख्यमन्त्री राईले शिक्षा हासिल गर्नु पवित्र कार्य मात्र नभएर मानिसलाई सभ्य वनाउन समेत शिक्षाको महत्व रहेको समेत सो अवसरमा वताए ।IMG_2455 विद्यालयको शैक्षिक उन्नतिका लागि अक्षयकोष स्थापना गर्न रकम उपलव्ध गराउनेहरु लगायतलाई सम्मान गरियो । हाल विद्यालयको अक्षयकोषका लागि १२ लाख पुगिसकेको सो अवसरमा जानकारी गराइयो ।IMG_2482

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोक्षय कोषका लागि रकम जुटाउने शिक्षिका तृप्ता मगर लगायतका ८ जना शिक्षक शिक्षिका , ५जना पुर्व शिक्षक अभिभावक समितिका , २जना विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष र ६२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।IMG_2492

त्यसै गरी वार्षिकोत्सवका अवसरमा आयोजित एकल नृत्यकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरियो ।

  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मिन कुमार मगर, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव रितेश क्षेष्ठ, विद्यालयका प्रधानाध्यपक सरण बस्नेत लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।