इटहरी । बढदो सहरिकरण संगै ग्राहकहरूको मागलाइ मध्यनजर गर्दै प्रतिष्ठित ब्यवसायिकरुपमा  हुदै आइरहेको  इटहरी स्थित सेन्ट्रल प्लाजाले  सोमबार देखि सेन्ट्रल मार्ट सञ्चालनमा ल्याउने भएको छ ।

 पत्रकार सम्मेलन गरेर प्लाजाले सेवा बिस्तार गर्ने क्रममा भवनको पहिलो तलाबाट सेन्ट्रल मार्टको सुरूवात गर्ने भएको हो । 

एउटै छाना मुनिबाट ५ हजार बढी आइटमहरू खरिद बिक्रि गर्न सकिने र बिभिन्न उपहार योजना सहित मार्टको सुरूवात गर्न लागिएको ब्यवसायिक महल सेन्ट्रल प्लाजाका अध्यक्ष राजेश श्रेष्ठले बताए । 

मार्टमा खाद्यन्न , लत्ताकपडा , पेयपदार्थ ,जिन्सी लगायतका विभिन्न ५ हजार बढी सामग्रिहरू एउटै छानामुनिबाट सुलभ मुल्यमा सेवा प्रदान गर्ने जनाइएको छ । 

१० तला भवन रहेको प्लाजाले मार्ट सञ्चालन संगै  खरिद गर्न आउने ग्राहकहरूलाइ बिशेष छुटको ब्यवस्था र वार्षिक लक्कि ड्र मार्फत एक जनालाइ यामाहाको १२५ सिसि फ्यासिनो स्कुटर,एक जनालाइ वासिङ मेसिन , र एक जनालाइ रेफ्रिजेरेटर उपहार स्वोरूप प्रदान गर्ने भएको छ । 

उक्त मार्टको इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम पौडेलले उदघाटन गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । 

उक्ट प्लाजा भित्र सुविधा सम्पन्न  दुइ सिनेमा हल र सुविधा सम्पन्न  होटल बराण्डा सञ्चालन हुदै आएका छन ।