इटहरी । सुनसरीको इटहरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेका छन ।

  विद्यालय तह अध्ययन सकेका विद्यार्थीहरुलाई विदाई तथा विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो ।IMG_2406

 कक्षा १२ की विद्यार्थी एलिजा चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कक्षा १२को परिक्षा दिई सकेका २सय १७ जना विद्यार्थीहरुलाई विदाई गरियो त्यसै गरी बालविकास देखि कक्षा १२ सम्मका ६सय ७० जना विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।IMG_2390

स्वागत तथा विदाई कार्यक्रममा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । सास्कृतिक कार्यक्रममा विद्यालयका कक्षा २ देखि कक्षा १२ सम्मका १८ जना विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक सरन वस्नेतले जानकारी दिए ।IMG_2394 कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १का वडाध्यक्ष निश्चल पोखरेल , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्की शिक्षक अभिभावक संघका अध्यक्ष नेत्रबहादुर कार्की लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।