पाँचथर ।  यासोक जन सेवा समाज पाँचथरले विद्यालयका छात्राछात्रहरुलाई न्यानो कपडा र स्टेसनरी बितरण गरेको छ । कुम्मायक गाउँपालिका—५ को गुह्येश्वरी निम्न माध्यमिक विद्यालयका ५६ जना छात्राछात्रलाई शनिवार न्यानो कपडा र स्टेसनरी बितरण गरेको हो । 

मनकारी दाताहरुको सहयोगमा कक्षा १—८ का ५६ छात्राछत्रहरुलाई उक्त समाग्रीहरु बितरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।kapada7 (1) समाजको समन्वयमा सिभिल बैंक फिदिम शाखा प्रमुख राजु पौड्यालको १० हजार, जिल्ला अस्पतालका हेल्थ असिस्टेन सोमनाथ दङ्गाल १० हजार, फिदिम १ घर भइ हाल मलेसियामा कार्यरत कुमार ओझा ५ हजार र सापकोटा पुस्तक पसलका संचालक नुम सापकोटाको ५ हजार गरी ३० हजार मुल्यको शैक्षिक सामाग्री बितरण गरिएको समाजकी कोषाध्यक्ष देविमाया रिमाल (बुढाथोकी)ले बताउनुभयो ।

चिसो मौषम बढेसंगै बालबालिकाहरुलाई दाताको सहयोगमा समाजले स्कुल सुइटर, तथा स्टेसनरी सामाग्री बितरण गरेकोे हो । शैक्षिक सामाग्री बितरण कार्यक्रमको प्रमुख अथिति गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङ बिषेस अथिति प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारी विद्यालयका प्र.अ भक्त बहादुर तामाङ लगायतका अथितिहरुले सामुदायिक विद्यालयका जेहेन्दार र विपन्न बालबालिकाको शैक्षिक गुणस्तर सुधारमा समाजले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको हो ।