इटहरी । महिला हिसां विरुद्धको १६ दिने अभियान अन्र्तगत सुनसरीको इटहरीमा मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलाहरुले भोग्नु परिरहेको हिसाँ र स्वास्थ्य सुरक्षाका विषय केन्द्रीत अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

    रक्षा नेपालको आयोजनामा मनोरञ्जनका क्षेत्रका काम गरिरहेका महिलाहरुका लागि सचेतना मुलुक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

   रक्षा नेपाल प्रदेस नम्बर १ का युवराज काफ्लेको संयोजकत्वमा भएको कार्यक्रममा मनोरञ्जनका क्षेत्रमा काम गर्दै आएका महिलाहरुले उचित पारिश्रमीक नपाएर वाध्यतामा परेर जन्माएका बुबाको पत्ता नलागेको सन्तानले नागरिकता नपाउने लगायतका समस्याहरु रहेको गुनासो गरे । मनोरञ्जनको क्षेत्रमा काम गर्दा आफुहरुले शारिरिक तथा मानसिक पिडा भोग्नु परिरहेको समेत गुनासो उनीहरुले गरे ।

  सरोकारवालाहरु समेतको सहभागिता रहेको कार्यक्रममा जिल्ला होटल तथा पर्यटन व्यवसासी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी , होटल व्यवसायी संघ इटहरीकी उपाध्यक्ष पुनम थापामगर , अधिकारकर्मी योशा गुरागाई , नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।