इटहरी । एसियाली ऋण महासंघबाट एक्सेस ब्रान्डिगं प्राप्त गर्न सफल सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभाको अवसर पारेर विभिन्न विधामा योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ ।

    किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफना गतिविधिहरको सञ्चार माध्यमबाट प्रचारप्रसार गर्न महत्वपुर्ण योगदान पुर्याएको भन्दै एकाईगतमा रुपमा मनाइएको  २०औं बार्षिक साधारण सभामा एभिन्युज खबरका सम्वादाता दिपक कार्की  लगायतलाई सम्मान गरेको  हो  ।20211127_115205

   बालग्राम चोक एकाई अन्र्तगत आयोजित २०औ बार्षिक साधारण सभामा सहकारीका सल्लाहकार प्रमुख कृष्णविनोद लम्साललाई विशेष सम्मान गरियो । सञ्चारक्षेत्रका साथै साहित्यका माध्यमबाट समाजमा उल्लेखिय योगदान गरेको भन्दै लम्साललाई सम्मान गरिएको हो त्यसै गरी सहकारीका सस्थापक अध्यक्ष चुडामणी लम्साल , उत्कृष्ट कर्मचारी सरोज आचार्यलाई समेत सम्मना गरियो ।20211127_125127 सहकारीको वार्षिक साधारण सभाको अवसरमा  जेष्ठ सदस्य ,माता पिता सम्मान पनि  गरिएको थियो  । सहकारीका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव र कोषाध्यक्षको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । IMG_2349२० वर्ष अघि ३४जना सदस्य १७सय रुपैया कुल पुजीबाट सुरु भएको सहकारीमा अहिले १४हजार बढी सेयर सदस्य र ९२करोड बढी कुल पुँजी रहेको सो अवसरमा उल्लेख गरियो । 


((