इटहरी । लौगिंक हिसां विरुद्धको १६ दिने अभियान अन्तरगत सुनसरीको इटहरीमा सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।

  इटहरी उपमहानगरपालिकाको आयोजनामा लौगिंक हिसां विरुद्धको १६ दिने अभियान उद्घाटन गरिएको हो । १६ दिन सम्म विभिन्न कार्यक्रम गरि मनाईने लौगिंक हिसाँ विरुद्धको अभियान अन्तरगत इटहरीमा रहेका विभिन्न संघसस्थाहरुको सहभागितामा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरिने भएको छ ।IMG_2241

   इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले घरबाटै हिसां अन्तका लागि कदम चाल्नु पर्नेमा जोड दिए । IMG_2219लौगिंक हिसां अन्तका लागि सबैको समान सहभागिता हुनु पर्नेमा जोड दिए । कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी ,इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खड्का  नेपाल रेडक्रस सोसाईटी इटहरीका अध्यक्ष विमल पौडेल , महिला सञ्जालकी उपाध्यक्ष सुभद्रा प्याकुरेल , इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद सुवेदी ,  लगायतका अतिथीहरुको अन्तरक्रिया कार्यक्रममा  सहभागिता रहेको थियो ।