इटहरी । अखिल नेपाल खेलकुद महासंघ सुनसरीको जिल्ला भेलाले मिनकुमार मगरको संयोजकत्वमा ३९ सदसिय नयाँ कमिटि चयन गरेको छ ।इटहरीमा भएको अखिल नेपाल खेलकुद महासंघ सुनसरीको  प्रमथ भेलाले मिनकुमारको संयोजकत्वमा ३९ सदसिय नयाँ कमिटि चयन गरेको हो । 

अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्र्चाज भुपेन्द्र चाम्लीगं राईको अध्यक्षता  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा  खेलकुद विभाग उप प्रमुख किरणकुमार राईको प्रमुख आतिथ्यमा भएको भेलाले जिल्लामा रहेका सबै पालिकाबाट समेत प्रनिधित्व हुने गरी नयाँ कमिटी वनाएको हो ।20211124_143237

20211124_144040नयाँ कमिटि चयन गर्न भएको भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल , अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा प्रदेस नम्बर १का संयोजक रितेश श्रेष्ठ, सितोरियो कराते नगर कमिटी इटहरीका अध्यक्ष दुर्गाबहादुर बुढाथोकी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।