इटहरी । प्रधानमन्त्री शेरवहादुर देउवाले विपी कोइरालाले सुरु गरेको सुनसरी खोला सिचाई आयोजनालाई पुर्णता दिन नेपाल सरकारले आगामी बजेटमा रकम विनियोजन गर्ने वताएका छन ।

   नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले सुनसरी र मोरगंका कृषि योग्य जमिनमा सिचाई सुविधालाई सुरु गरेको सुनसरी खोला सिचाई आयोजनालाई पुर्णता दिन सरकारले आगामी बजेटमा रकम विनियोजन गर्ने वताएका हुन ।

  नेपाली काँग्रेसका सस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको राजनैतिक कर्मभुमिका रुपमा परिचित सुनसरीको दक्षिणी क्षेत्रमा सिचाई सुविधाका लागि कोइरालाले तत्कालिन समयमा सुनसरी खोला सिचाई आयोजना सुरु गरेपनि त्यस समय पछिका कुनै पनि सरकारको ध्यान नपुग्दा लामो समय देखि विपीले परिकल्पना गरेको सुनसरी खोला सिचाई आयोजना पुरा हुन सकिरहेको छैन ।258595180_431302208459739_5592783839620415537_n यसै विच सुनसरीको देवानगंज गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न आईपुगेका प्रधानमन्त्री देउवाले सुनसरी खोला सिचाई आयोजनाका लागि सरकारले बजेट विनियोजन गर्ने वताएका हुन । प्रधानमन्त्री देउवाले भारतीय सिमावर्ती क्षेत्रमा रहेका देवानगंज गाउपालिकाको प्रशासनिक भवन उद्घाटनपछि  कौवाखोज  छोरी भन्सारलाई ठुलो भन्सारका रुपमा स्तरोन्नतीका लागि समेत बजेट विनियोजन गरिने आश्वासन दिए ।

  नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्र्तगत विभिन्न तहका अधिवेशन जारी रहेको समयमा सुनसरी आईपुगेका नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छान्न आग्रह गर्दै चुनावमा हार जित हुने हुँदा त्यसलाई सहजताका साथ लिएर पार्टीलाई अझ वलियो वनाउन नेता कार्यकर्ताहरु लाग्नु पर्नेमा जोड दिए ।258494644_1295557250891245_59299702255242232_n

  देवानगंज गाउपालिकाको प्रशासनिक भवन निर्माणमा ९ करोड लागत लागेको र  ३वटा हल सहित २६ कोठा रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी गुरागाईले जानकारी दिए । सो अवसरमा देवानगंज गाउपालिकामा उदाहरणीय काम गरेर नमुना गाउपालिका वनाउन सफल भएको भन्दै प्रधानमन्त्री देउवाले गाउँपालिकाका अध्यक्ष लालिप्रसाद मेहतालाई नेपाल सरकारको तर्फबाट सम्मान पत्र समेत प्रदान गरेका थिए ।259210740_183959573939894_6790174763825979964_n

 यसै क्रममा देवानगंज गाउपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न आएका प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले देवानगंज गाउपालिकाकै वडा नम्बर १मह्यहर्षाहीमा  निर्माण सम्पन्न गरिएको विपी कोइरालाको शालिक अनावरका साथै विपी स्मृति भवनको समेत उद्घाटन गरे । सो कार्यक्रममा नेपाल सरकारका सुचना प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्र वहादुर कार्की , पुर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार , प्रदेस नम्बर १का प्रदेस प्रमुख परशुराम खापुगं , प्रदेस नम्बर १ प्रदेस सभामा नेपाली काँग्रेस संसदीय दलका नेता तथा नेपाली काग्रेस सुनसरीका सभापति राजिव कोइराला लगायतका नेताहरुको सहभागिता रहेका कार्यक्रमको सभापति देवानगंज गाउँपालिकाका अध्यक्ष लालिप्रसाद मेहताको अध्यक्षतामा भएको थियो ।