इटहरी । सुनसरीको इटहरी २ मा रहेको सुनिश्चित महिला कृषि सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

संस्थाकी अध्यक्ष रेनुका सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोक गायिका गंगा गौतमले बिभिन्न गितहरू गाएर उपस्थितीहरु लाई मनोरञ्जन गराएकि थिइन ।

 कार्यक्रममा सहकारीले बिभिन्न बुदामा योग्दान पुर्याउने बिशिष्ट ब्याक्तिहलाइ सम्मान समेत गरिएको थियो । 

त्यस्तै सहकारीका सेयर सदस्य ज्येष्ठ नागरिक गायत्रा दाहाल , एकल महिला तर्फ  चिजा दाहाल , मासिक बचतकर्ता उषा देवी धमलालाई पनि सम्मान गरिएको थियो । 

त्यस्तै कार्यक्रममा गत वर्ष सम्पन्न प्लस टुमा उत्कृष्ट नतिजा ल्याउन सफल सेयर सदस्यका छोरा छोरीहरूलाइ पनि सम्मान गरिएको थियो ।IMG_2121

सम्मानित हुनेहरूमा छात्रा तर्फ जुना कटुवाल , छात्र तर्फ दर्शन कोइराला र हिमाल दंगाल रहेका छन । 

कार्यक्रममा संस्थाकी अध्यक्ष रेनुका सुवेदिले सहकारीले वर्ष भरी गरेको प्रगति बिवरण तथा आगामी योजनाहरूको बारेमा उपस्थित सेयर सदस्यहरूमाझ प्रतिवेदन प्रस्तुत गरेकि थिइन । 

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगर वडा नं २ का वडाध्यक्ष हर्क मगरले अन्य सहकारी संस्थाहरूको तुलनामा सुनिश्चित सहकारीले स्थापनाको छोटो समयमै बेग्लै पहिचान बनाएर भविष्यमा नाम अनुसारकै सुनिश्चित गरिसकेको भन्दै प्रशंसा गरेका थिए । IMG_2140

बिभिन्न समयमा सहकारीका सदस्यहरु लाई कृषि जन्य फलफुल,तरकारीका बिउ र बिरूवाहरू बितरण गर्दै आएको छ ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष सुभद्रा प्याकुरेलले स्वागत मन्तब्य राखेकि थिइन भने मिरा दंगालको संम्योजनमा भएको कार्यक्रममा बिशिष्ट अतिथि इटहरी उपमहानगर पालिकाकी सहकारी तथा कृषि शाखा प्रमुख गंगा घिमिरे , महिला शिप बिकाश तालिम केन्द्रकी अध्यक्ष राधिका थापा ,  सहकारीका सल्लाहाकार कृष्ण प्रसाद भट्टराई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । उक्त सहकारीको सम्पन्न साधारण सभाबाट नयाँ समिति चयन गर्ने संस्थाले जानकारी दिएको छ ।सा