इटहरी । युवा बिकास केन्द्र इटहरी र इटहरी ८ नम्बर वडा कार्यालयको आयोजना तथा  एशीय प्यासिफिक एलाइन्सको सहयोगमा सुनसरीको इटहरी उपमहानगर ८ का बिपन्न परिवारहरूलाइ बुधबार राहत बितरण कार्यक्रम सम्पन्न गरिएको छ । गत कार्तिक २ गते आएको बेमौसमि बाढिबाट प्रभावित इटहरी वडा नं ८ का ८० घर परिवारहरूलाइ एशीय प्यासिफिक एलाइन्सको सहयोगमा खाद्यन्न तथा जाडोमा प्रयोगका लागि सिरक प्रदान गरिएको हो । IMG_2071

बाढिबाट प्रभावित भएका परिवारहरूलाइ २५ केजिका दरले चामल, २ लिटर तेल, २ किलो चिनि, १ किलो दाल, १ किलो नुन र प्रति परिवार १ थान सिरक बितरण गरिएको हो । IMG_2102

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवश पोख्रेलले जाडो मौसमको सुरूवात संगै बिपन्न वर्गलाइ मध्यनजर गर्दै युवा बिकास केन्द्र र एप्याकले न्यानो सिरक र खाद्यन्न बितरण गरेर ति परिवारहरू खुशि र केहि राहत महसुस गराएको बताए ।IMG_2099 युवा विकास केन्द्रले विभिन्न सँस्थाहरुको साझेदारीमा विभिन्न समयमा विपन्न परिवारलाई सहयोग गर्दै आएकोमा यसपटक इटहरी ८ का ८० परिवारलाई थोरै भएपनि राहत स्वरुप खाद्यान्न र सिरक वितरण गरिएको संस्थाका निर्देशक तथा कार्यक्रम संयोजक निराजन खड्काले जानकारी दिए । उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवश पोख्रेलको समन्वय रहेको कार्यक्रममा इटहरी ८ का वडासदस्य बुधनारायण चौधरी, एप्यकका कन्ट्रि डाइरेक्टर कर्णबहादुर नेपाली, युवा विकास केन्द्रका अध्यक्ष सञ्जय चौधरी, समाजसेवी उदय सुब्बा लगायतले राहत सामाग्री वितरण गरेका थिए ।