इटहरी । कार्तिक पहिलो साता आएको बेमौषमी बाढीका कारण समस्यामा परेका महिलाहरुलाई महिला सहयोगी समुहले सहयोग गरेको छ ।

   टेवा नेपालको सहयोगमा महिला सहयोगी समुहले वाढीका कारण समस्यामा परेका सुनसरीका विभिन्न ठाउँका महिलाहरुलाई खाद्यान्न सहित ओढ्नेओछ्याउने कपडा सहयोग गरेको हो ।Capture 1

  बेमौषमी बाढीका कारण प्रभावित वनेका इटहरी ,इनरुवा र रामधुनी क्षेत्रका ३५ जना महिलाहरुलाई सिरक , डस्ना , चामल , चिनी , दाल, नुन,तेल, सावुन सेनीटेरप्याड लगायतका सामाग्रीहरु वितरण गरिएको महिला सहयोगी समुहकी कार्यकारी निर्देशक विमला मल्लले जानकारी दिइन । कोरोना कहरका समयमा समेत महिला सहयोगी समुहले महिलाहरुलाई खाद्यान्न राहत वितरण गरेको थियो ।