सुनसरी : देश भर नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको लागि माहोल तातिँदै गएको छ । विभिन्न मितिमा महाधिवेशन गर्ने तयारी गरे पनि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण देखाउँदै लामो समय देखी पटकपटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसको अहिलेको मितिमा भने संवैधानिक अड्चनका कारण जसरी भए पनि महाधिवेशन गर्नुपर्ने बाध्यता छ । त्यसैले पनि वडादेखि केन्द्र तहसम्मका नेता कार्यकर्ता हरु आन्तरिक भेटघाट र चुनावी प्रचार प्रसारमा दौड धूप गरिरहेका छन्।

उमेदवारहरूले आ–आफ्नो सामाजिक सञ्जालमार्फत धमाधम उम्मेद्वारी घोषणा गरिरहेका छन् । यस्तै सुनसरीको रामधुनीको युवा नेता किरण चापागाईँको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं २ क को उप सभापतिमा किरण चापागाईँको उम्मेद्वारी घोषणा गरिसकेका छन्। राजनीतिप्रति युवाहरूको वितृष्णा बढिरहेको समयमा युवा, वृद्ध, बालबालिका सबैको मनमा बसी संगठन राम्रो नभएको ठाउँमा पनि आफ्नो उपस्थितिले स्थानीय निकायमा राम्रो प्रभाव देखाई जनप्रतिनिधि भइसकेको र अब वडा भन्दा माथि उठेर क्षेत्र तहमा सङ्गठनलाई मजबुत बनाउन लागिपर्ने र सबैलाई समेट्दै पार्टीलाई सुदृढ पठाउने सङ्कल्पका साथ लागिपरेका छन ।

स्कुले जीवनबाटै नेपाल विद्यार्थी संघको नेतृत्व लिएका नेता किरण चापागाइँले आफू युवा भएको कारण आफ्नो जितका लागी सहज भएको बताएका छन् ।  ने बि संघ इकाई कमिटी भा सि बहुमुखी क्याम्पस झुम्काको २०६८ सालमा सभापति लगायतका बिभिन्न संघ संस्थाको जिम्मेवारी सम्हालिसकेको अनुभवका आधारमा आफूले सुनसरी क्षेत्र नं २ क को उप सभापतिको उम्मेद्वारी घोषणा गरेको दाबी गरे ।