उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीका नेता एवम क्षेत्र नम्वर १ का क्षेत्रिय सल्लाहाकार नरबहादुर मोक्तानले आसन्न् नेपाली कांग्रेसको प्रदेश स्तरिय निर्वाचनमा मोरङ क्षेत्र नम्वर १ (क) को सभापति पदमा उम्मेद्वारी प्रस्तुत गरेका छन् ।

विध्यार्थी जिवनदेखीनै राजनितिमा होमिएका मोक्तान राजनितिमा पद र प्रतिष्ठान भन्दा  पनि परिवर्तनका लागि राजनिति गर्नु पर्दछ भन्ने मान्यता बाट ओतप्रोत भएका त्यागी नेताका रुपमा यस क्षेत्रमा स्थापित व्यात्तित्व हुन् ।

१६ वर्षको कलिलो उमेर देखीनै राजनितिमा चासो र सक्रियता देखाउदै आएका मोक्तानले नेपाली कांग्रेसको राजनितिमा २०५४ सालमा भएको स्थानिय निकायको निर्वाचनमा साविक राजघाट गाउविकास समितिको अध्यक्ष पदमा उम्मेद्वारी दिए सगै समिपमा रहेर कार्य गर्दै आएका हुन् ।

मोक्तान विगत ३० वर्ष देखी राजनितिमा सक्रिय रुपमा अनवरत लागि पर्दै आएका छन् स्थानिय युवा नेता  हुन् । 

राजनिति सगसगै उनि विषेश गरी स्थानिय क्षेत्रको विकास र समृद्धिका लागि निरन्तर उर्लाबारी र साविक राजघाटका किसानहरुका अगुवाका रुपमा स्थापित व्याक्तित्व हुन् ।

विषेश गरी काग्रेसको अस्तीत्व रक्षाका लागि युवासहितको नेतृत्व परिवर्तनमा जोड दिदै आएका मोक्तान अवको राजनितिमा अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन गर्नु पर्ने धारणा राख्दछन् ।

विषेश गरी संगठन सुदृढिकरण र संगठन भित्रको विवेदको राजनितिलाई चिर्न आफ्नो उम्मेद्वारी प्रस्तुत गरेका मोक्तान नेपाली काग्रेसको इमान्दार, सरल र सहज नेताका रुपमा कार्यकर्ता माझ परिचित छन्, उर्लाबारी-९ स्थायी ठेगाना भएका मोक्तान जनताको जनजिबिकासँगै बिकास निर्माण र संगठन् सुदृढिकरण र स्थानिय जनताको पिरमर्कालाई सम्वधित सरोकारवाला निकाय सम्म पुर्‍याउन पुलको रुपमा कार्य गर्दै कार्यान्वयनका लागि वडा, नगर, प्रदेस र केन्द्र सरकार सम्म समस्या समाधानको लागि पहल गर्ने माध्यम बन्न सभापतिमा उम्मेद्वारी दिएको बताउछन् ।

मोक्तान भन्छन््- प्रविधिमैत्रि सुदृढ कसिलो संगठन बलियो काग्रेस सवल नेपालको मुल आधारस्तम्भ भएका कारण सो कुरालाई कार्यान्वयन गराउन साथै कार्यकर्ताको संरक्षण, उनिहरुको उचित मुल्यांकन गरी पार्टीका विभिन्न भातृसंगठनहरुलाई चलायमान गराई सवैलाई उचित भुमिका र जिम्मेवारी प्रदान गर्न आफ्नो उम्मेद्वारी रहेको मोक्तान बताउछन् ।

माहाधिवेसनमा मोक्तान सगै उर्लाबारी-७ बाट बीरवल थापा र उर्लाबारी-३ बाट नेपाली काग्रेसका युवा नेता अर्जुन तुम्रोक चुनावी मैदानमा उत्रिएका छन् ।

सभापति पदमा ३ जनाको उम्मेद्वारी परेसगै ३ मध्ये सवैभन्दा धेरै मतादाता भएका बलिया र भरपर्दो उम्मेद्वारका रुपमा मोक्तान रहेको कार्यकर्ताको बुझाई छ ।

नेपाली काग्रेसका साधारण सदस्य देखी क्षत्रिय प्रतिनिधी र उपल्लोतहका नेता कार्यकर्ता सग राम्रो सम्वध स्थापित गरेका मोक्तानले आफु निर्वाचित भए पार्टी सुद्धिकरण, भातृसंगठनको गतिशिलता विकास, पार्टीलाई चलायमान बनाउन प्रशिक्षण कार्यक्रम, जनताका समस्यालाई उचित सम्वोधन गर्न मध्यस्तकार्ता बन्ने र आगामी निर्वाचनमा ३ तहमा रुख चिन्ह लिएर उठ्ने उम्मेद्वारलाई विजयी हासिल गराउन लागि पर्ने अठोटका साथ लागि पर्ने बताए । 

पछिल्लो समय स्थानिय स्तरमा देखीएको कांग्रेस भित्रको असन्तुष्टिलाई अन्त्य गर्दै नेपाली कांग्रेसको विचार, सिद्धान्त र उदे्श्यलाई जनस्तरसम्म पुर्‍याएर युवाहरु माझ राजनैतिक चेतनाको अभिवृद्धि गराउदै यस क्षेत्रलाई कांग्रेसमय बनाउन पर्ने उनकोे भनाई छ ।

उर्लाबारी नगरपालिका र मिक्लाजुङका ६ वटा वडा यस प्रदेश सभा निर्वाचन क्षेत्रमा समेटिएका छन् । प्रदेश सभा क्षेत्रिय समितिको निर्वाचन तालिका आगामी मंसिर ३ गतेका लागि तोकिएको छ ।