झापा:   प्रदेश १ अध्यक्ष पदको लागि राप्रपाका प्रभावशाली नेता विश्वमोहन थापाले भक्ती सिटौलालाई समर्थन गर्ने थापाले घोषणा गरेका हुन् । थापाले प्रदेश १ अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी लाई  फराकिलो सोच लिएर अगाडी बढ्ने लक्ष्य सहित अध्यक्ष पदमा भक्ती सिटौलालाई सहयोग गर्ने नेता थापाले बताएका छन् । 

'हामी अहिले निकैनै संवेदनशील घडीमा छौँ, पार्टीलाई पुर्व पन्चको हातबाट जनताको हातमा पुर्याउने अठोट सहितको अभियानमा छौं', भक्ती जी जस्तो अब्ब्ल, साहसिक र निष्ठावान नेतालाई प्रदेश अध्यक्ष बनाउन पाउनु पार्टीको अहोभाग्य सम्झनु पर्छ, त्यही कारण मैले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको छु।', 


पार्टीमा लामो समय देखि संघर्षरत तमाम  कार्यकर्ताले राप्रपाको सांगठनिक ढाचामा परिवर्तन हुनुपर्ने र नातावाद कृपावादको अन्त्य गर्दै एउटा अतुलनीय राजनीति शक्तिको रूपमा पार्टीलाई विकसित गराउदै लैजानु पर्ने कार्यकर्ता र शुभचिन्तकको भावना संग आफुहरु एक्यवद्ध रहेको नेता थापाको भनाई छ । 

राप्रपा सहि ट्र्याकमा हिड्न सकोस् भन्ने आकांक्षा पार्टी भित्र मात्र होईन पार्टी भन्दा बाहिर रहेको राजाबादीहरुको एउटा ठूलो समुहले समेत चाहेको र त्यसलाई अवसरकै रूपमा लिन सक्नुपर्ने थापाले बताएका छन् । 

पार्टीलाई संकुचित धरातलमा राख्न प्रयास गरेकै कारण क्षेत्रीय पार्टीको रूपमा खुम्चिनु परेको बाध्यात्मक परिस्थितिको उत्पादन नेतृत्व तह बाटै भएको भन्दै नेता थापाले जनताले सर्वाधिक रुचाएका र पार्टी प्रती अत्यन्तै बफादार नेता राजेन्द्रप्रसाद लिङ्देनलाई पार्टीको केन्द्रिय नेतृत्वमा पुर्याउनु आजको आवस्यकता रहेको उनको भनाइ छ । 

राजावादी संगठनहरुले समेत लिङ्देनलाई रुचाएको भन्दै नेता थापाले आगामी निर्वाचनमा एउटा बलियो पार्टीको रूपमा राप्रपालाई देख्न चाहेको र यो अवसर वर्तमान राजनीतिक परिस्थितिमा राजेन्द्र लिङ्देन बाहेक अरुबाट पूरा हुन सक्ने सम्भावना समेत नरहेको उनको भनाई छ । 


थापाको यो घोषणा संगै प्रदेश १ को अध्यक्ष पदमा दुई प्रभावशाली नेता राम थापा र भक्ती सिटौला चुनावी मैदानमा देखिने भएका छन् ।
 प्रदेश अधिवेशन भोली कात्तिक २८ र २९ गते दमकमा सम्पन्न हुँदै छ।  
257299386_4540365152719772_4776179074156925255_n