मोरगं । उत्तर तर्फ फर्कदा सेताम्य हिमशिखर र दक्षिण तर्फ फर्कदा तराईका विभिन्न सहरहरु सजिलै देख्न सकिने मोरगंकै सबै भन्दा उच्च स्थानमा रहेको थामडाँडामा निर्माण सम्पन्न भएको जैतुन पार्कको एक कार्यक्रमका विच उद्घाटन गरियो ।

  मोरगंको केरावारी गाउँपालिका १मा पर्ने भएपनि धनकुटाको सागुरीगढी र चौविसे गाउँपालिका समेतको संगम स्थलमा पर्ने थामडाँडामा निर्माण भएको जैतुन पार्कको केरावारी गाउँपालिका ,सागुरीगढी गाउँपालिका र चौविसे गाउँपालिकाका अध्यक्षहरुले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।248359642_1154489675371597_8919853434434417724_n

   आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरी थापडाँडामा पिकनिकका लागि टहरा , चिल्डे«न पार्क , चिडियाखाना , दृष्यावलोकनका लागि भ्युटावर , नेपाली राष्ट्यिता झल्काउने प्रतिक ,ट्रि हाउस , घोडा सवारी लगायतको व्यवस्था रहेको पार्क उद्घाटन पार्कका अध्यक्ष युवराज राईको अध्यक्षतामा भएको थियो ।252126572_215195467365021_4764136500489351409_n

भने केरावारी , सागुरीगढी र चौविसे गाउँपालिकाका अध्यक्षहरु क्रमशः रोहितबहादुर कार्की, कुमारजंग याख्या र खजिन्द्र राईले संयुक्त रुपमा उद्घाटन गरेको पार्क निर्माणका लागि एक करोड ७५लाख रुपैया लागेको सो अवसरमा जानकारी गराइयो । पार्क निर्माणका लागि पार्कका निर्देशक खड्ग थापा मगरले व्यक्तिगत रुपमा एक करोड ३० लाख खर्च गरेको समेत कार्यक्रममा जानकारी दिइयो ।