• तेजबहादुर बन

इटहरी । इटहरी आइतबारेकि १४ बर्षिय सुसन घिमिरे आइतबार बिद्यालय जाने समयमा खिन्न देखिन्थे । अभिभावकले स्कुल जा भनेर कराइरहदा उनि भन्दै थिए किताब कापि केहि छैन कसरी जाने ? सुशन मात्र हइन छिमेकि ९ वर्षिय बालक नविन गिरी , सुस्मा दहाल , मनिसा नेपालको पनि समस्या त्यस्तै थियो ।

गत कार्तिक २ अविरल वर्षा संगै स्थानीय खोला र पैनीमा आएको बाढिले इटहरी जलमग्न बनेको थियो भने शयौ घरहरू डुबानमा परेका थिए । डुबानकै क्रममा बिद्यालयमा पढने बालबालिकाहरू संगै कलेज पढने बिद्यार्थिहरूको लता कपडा र पाठ्य पुस्तक पनि बगाएको थियो ।

आइतबारेका सुसन स्थानीय कविर माविको कक्षा ६मा अध्यन गर्छन । बाढिले सबै पुस्तक कामै नलाग्ने बनाइदिएपछि अब बिद्यालय जाने या नजाने उनि दोधारमा रहेको सुनाउछन । जसोतसो बिद्यालयले नै अघिल्लो वर्ष पाठ्यपुस्तक दिएपनि यो वर्ष पुनःदिने हो या नदिने केहि थहा छैन सुशन भन्छन ।

सुशन जस्तै अन्यको मनमा पनि यतिबेला यस्तै प्रश्नहरू उब्जिन थालेको छ । बिद्यालय जाम त के बोकेर जाम नजाम पढाइ छुटछ आइतबारेकि सुस्मा दाहाल बताउछिन ।

कोरोना कहरका कारण बिगत लामो समय देखि बन्द अवस्थामा रहेको इटहरी उपमहानगरका सामुदायिक तथा निजि बिद्यालयहरू आइतबारबाट सुचारू भएपनि पाठ्य पुस्तक अभावले धेरैजसो बालबालिकाहरू बिद्यालय जानबाट बञ्चित हुने अवस्थामा पुगेका छन । बाढिका कारण   बिद्यार्थिको पाठ्यपुस्तक मात्र नभइ इटहरीका एक दर्जन बढी सामुदायिक तथा निजि बिद्यालयहरूमा समेत क्षति पुगेको छ ।

बाढिले इटहरीस्थित केचना माविको पर्खाल भत्काएको छ भने मुख्य चौकमै अवस्थित जनता माविमा अझै पनि पानी जमिरहेको पाइएको छ । त्यस्तै नमुना कलेज , जनता कलेज , पाथिभरा टेक्निकल कलेज , राष्ट्रिय जनसहयोग कलेज , पूर्वाञ्चल बोडिङ लगायतका बिद्यालयहरूमा बाढिले क्षति पुर्याएको इटहरी उपमहानगर अन्तरगत शिक्षा शाखाले जनाएको छ । बाढीबाट निजि तथा सामुदायिक बिद्यालयमा अध्यन्नरत करीब ३ हजार बिद्यार्थिहरू प्रत्यक्ष प्रभावित बनेको शिक्षा शाखाको अनुमान छ ।

हाललाइ क्षति विवरण संकल गर्ने कार्य भइरहेको कारण बिद्यार्थिहरूलाइ अवस्था हेरेर पाठ्य पुस्तक प्रदान गरिने उपमहानगर अन्तरगत प्रमुख प्रसाशकिय अधिकृत एवम शिक्षा शाखाका प्रमुख सुर्य प्रशाद सुवेदिले बताए ।बिद्यालयको भौतिक संरचनाहरूमा पुर्याएको क्षतिबारे पुरै बिवरण आइनसकेकाले  के कति क्षतिभएको हो केहि भन्न नमिल्ने शिक्षा शाखा प्रमुख सुवेदिले बताए ।