• तेजबहादुर बन

इटहरी । आर्थिक वर्ष ७८।७९ सुरू भएदेखि नै मासिक तलब नपाएको भन्दै बिगत केहि दिन यता आन्दोलनमा उत्रिएका रामधुनि नगरपालीकास्थित सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक र नगरपालीकाबिचको बार्ता सफल भएको छ । तिहार अघिनै सबै शिक्षक तथा कर्मचारीहरूको तलब दिने आस्वासन पश्चात आन्दोलनरत शिक्षकहरूले मंगलबारदेखि सबै संघषर्का कार्यक्रमहरू फिर्तालिएर आज बुधबारदेखि बिद्यालयमा पठन पाठन सुचारू गर्ने निर्णय गरेका छन ।

  तलब नपाउदा यो वर्षको महान पर्व बडा दशै स्थानीय साहुबाट रिण गरेर मनाएको शिक्षकहरूले गुनासो पोखेका थिए ।पटक पटक तलबको बिषयमा ध्यानाकर्षण  गराउदा पनि नगरपालीकाबाट कुनै सुनुवाइ नै नभएपछि बाध्य भएर शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए ।

नगरपालीकाको तर्फबाट उपमेयर सविना कुमारी चौधरी र बिभिन्न पेशागत शिक्षक संगठनहरूबिच मंगलबार सम्पन्न बार्ताले तिहार अघि नै सबै शिक्षकहरूको तलब भत्ता दिने आस्वासन  पछि आन्दोलनका कार्यक्रमहरू रोकिएका हुन ।

दशै कस्टकर रूपमा बिताएपनि तिहार र छैठमा शिक्षकहरूलाइ रित्तो नबनाउने प्रतिवद्धतापछि आन्दोलनका सबै कार्यक्रमहरू स्थकित गरिएको रामधुनी ३ सिंगिया स्थित जनता माविका प्रअ तथा एकिकृत अखिल नेपाल शिक्षक संगठन रामधुनीका अध्यक्ष धनिकलाल मेहताले   बताए ।

बार्तामा  नेपाल राष्टिय शिक्षक संगठन रामधुनी, नेपाल शिक्षक संघ रामधुनी, नेपाल राहत शिक्षक समिति रामधुनीका अध्यक्ष तथा प्रतिनिधि, विद्यालय कर्मचारी युनियन रामधुनीका अध्यक्ष एवम अन्य पेसागत शिक्षक संगठनमा आवद्ध प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

बार्ता सफल भएसंगै रामधुनि क्षेत्रमा आज बुधबार देखि सामुदायिक बिद्यालयहरू सुचारू हुने भएका छन । शिक्षकहरू आन्दोलनमा उत्रिएपछि रामधुनीका २७ सामुदायिक बिद्यालयहरू ठप्प रहदै आएका थिए ।

यता नगरपालीकामा कर्मचारी अभावका कारण आर्थिक कारोबारको सबै काम ठप्प बनेको उपमेयर सविना कुमारी चौधरीले बताइन । दसैँअघि नै नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेको अन्यत्रै सरूवा भएको र उनको स्थानमा अर्काे अधिकृत नआएको कारण आर्थिक कारोबारका सबै कामहरू ठप्प बनेको उपमेयर चौधरीको भनाइ छ ।

अधिकृत संगै लेखा शाखामा पनि प्राविधक कर्मचारी नहुदा बिकाश निर्माण देखि आयोजना भुक्तानीका सबै कामहरू अहिले प्रभावित भइरहेका नगरपालीकाकि उपप्रमुख चौधरी बताउछिन । नयाँ प्रसाशकिय अधिकृत आउनासाथ शिक्षक लगायत कर्मचारीहरूको तलब बितरण गरिने र सबै आर्थिक कारोबारहरू सुचारू हुने उपमेयर चौधरीले   बताइन ।