मोरगं । पशु आहार साइलेस वारै महिना खुवाउन सकिने तथा  पशुपालनमा लागत समेत कम पर्ने भएका कारण पछिल्लो समय पशुपालक कृषकहरु साइलेस दाना तर्फ आकर्षित वन्न थालेका छन । 

   बजारमा उपलव्ध हुने दाना भन्दा सस्तो पर्ने तथा दुघ वढी आउने गरेका र आफैले वनाउन सकिने भएका कारण मोरगंको सुनबर्सीका पशुपालक कृषकहरु साइलेस दाना तर्फ आकर्षित वन्न थालेका हुन ।

    आधुनिक तरिकाले गाई पालन गर्दै आएको पुजा कृषि फर्म सुनवर्सी ३ सञ्चालन केशव पोखरेल बजारमा पाइने दाना भन्दा साइलेस वनाएर खुवाउदा ६० प्रतिसत पशुपालनमा लागत कम लाग्ने भएका कारण आफैले साइलेस वनाएर खुवाउन थालेको सुनाउछन । विगतमा हातैले घास तथा पराल काटेर पशुहरुलाई खुवाउने गरेकोमा हाल साइलेस वनाउने मेशिन जयपती कृषि फर्म प्रालिले उपलव्ध गराएपछि सजिलो भएको समेत फर्म सञ्चालक पोखरेलले जानकारी दिए ।

   दुधिलो मकै र मकै तथा अन्य हरियो घास मेशिनमा पेलेर तयार पारिने साइलेस दाना लामो समयमा सम्म भण्डारण गरेर राखेर खुवाउन सकिने भएका कारण समेत पशुपालक किसानहरुको रोजाईमा साइलेस पर्न थालेको छ । सुनवर्सीकै घिमीरे कृषि फर्मका सञ्चालन समेत साइलेस वनाएर राखेर हरियो घास नभएको समयमा पशुलाई खुवाउन सकिने भनिएका र बजारमा किन्न पाउने दाना भन्दा लागत कम पर्ने भएकाले साइलेस वनाउन थालेको वताउछन ।

हरियो घास सवै समयमा नपाइने तथा हरियो घास समेतको समिश्रण गरेर तयार पारिएको साइलेस दानामा सुख्खायामका लागि उयुक्त रहेको जयपती कृषि फर्म प्रालिका सञ्चालक यादव ढकाल वताउछन । सो क्षेत्रमा ठुलो कृषि फर्म सञ्चालन गर्ने लक्ष्य सहित पशुपालक किसानहरुले उत्पादन गरेको दुध खरिद समेत गर्ने उद्धेश्य समेत राखेको जयपती कृषि फर्मले आसपासका साना कृषि फर्महरुलाई साइलेस वनाउने मेशिन उपलव्ध गराउन थालेको समेत ढकालले जानकारी दिए ।

मोरगंको सुनवर्सी क्षेत्र दुध उत्पादनका लागि पशुपालन गरिने उर्वर क्षेत्रका रुपमा समेत हेरिन्छ ।   लाई गर्दै ः