इटहरी । चाडपर्वको समयमा समेत तलव नपाउदा ऋण गरेर दशैं मनाउनु परेको सुनसरीको रामधुनी नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरुका शिक्षकहरुले गुनासो गरेका छन ।

  विगत ३ महिना देखि रामधुनी नगरपालिकाले शिक्षक कर्मचारी तथा नगरपालिकाका कर्मचारीहरु समेतलाई तलव उपलव्ध नगराएका कारण आफुहरुले चाडपर्व समेत ऋण गरेर मनाउनु परेको शिक्षकहरुले दुखेसो गरेका हुन ।

स्थानीय तहको व्यवस्थापकिय कम्जोरीका कारण शिक्षक कर्मचारी तथा नगरपालिकाका कर्मचारीहरुले दशैं खर्च तथा साउन महिना देखिको तलव नपाएको नेपाल राष्ट्यि शिक्षक संगठनका रामधुनी नगरपालिकाका अध्यक्ष समेत रहेका शिक्षक राजेन्द्र प्रसाद न्यौपानेले वताए । दशैं समेत शिक्षकहरुले ऋण गरेर मनाउनु पर्ने अवस्था आएकाले वाध्य भएर आन्दोलनमा उत्रिएको समेत शिक्षक नेता न्यौपानेले जानकारी गराए ।

त्यसै गरी लामो समय देखि शिक्षकहरुले तलव नपाउदा मानसीक , सामाजिक र शारिरीक रुपमा शिक्षकहरु कमजोर वन्न पुग्दा नचाहदा नचाहदै पनि पठनपाठन प्रभावित भई रहेको अर्का शिक्षक धनिक लाल मेहताले वताए ।

यता रामधुनी नगरपालिकाका प्रमुख जयप्रकास चौधरीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैक्षिक विदा वसेको र अर्काे प्रमुख प्रशासकिय अधिकृत आइनसकेका कारण आर्थिक कारोवार हुन नसक्दा तीन महिना देखि शिक्षक कर्मचारीले तलव भत्ता समेत पाउन नसकेको स्वीकारे । उनले कोलेनिका वाट समेत रामधुनी नगरपालिकाको निकासा समेत नभएका वताउदै आज भोली तिर प्रमुख प्रशासकिय अधिकृत आउने र आर्थिक कारोवार सुरु भए लगत्तै शिक्षक कर्मचारीहरुको तलव पाउने जानकारी दिए ।