इटहरी । बेमौषमी वर्षाका आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा पिडीत वनेकाहरुलाई नेपाल तरुण दलले तत्कालिन राहत वितरण गरेको छ ।

    बाढीका कारण पिडीत बनेका भोक्राहा नरसिंह ४का एक सय ५९ घरपरिवारलाई नेपाल तरुण दल सुनसरीको समन्वयमा नेपाल तरुण दल सुनसरी क्षेत्र नम्बर ४ ले चाउचाउ र खानेपानी वितरण गरेको हो ।

   नेपाल तरुण दल सुनसरी क्षेत्र नम्बर ४का सभापति अव्जल हुसैनको नेतृत्वमा तरुण दल आवद्ध युवाहरुले बाढी पिडीतहरुको घरघरमै पुगेको तत्कालिन राहतका रुपमा प्रत्येक घरलाई एक काटुन चाउचाउ र एक काटुन खानेपानी वितरण गरेको छ ।248163493_3339781962915495_2828209249975013959_n

नेपाल तरुण दल सुनसरीका साथै मातहतका समितिहरुले बाढीपहिरोका अलावा अन्य विपदको समयमा समेत जिल्लामा राहत खोज उद्धार लगायतका कार्यमा सक्रियताका साथै काम गर्दै आएका छन ।

नेपाल तरुण दल सुनसरीले कोरोना कहरका समयमा पनि विपन्न परिवारहरुका लागि खाद्यान्न वितरणमा उल्लेखिय भुमिका निर्वाह गरेको थियो ।