धनकुटा । गर्गाचार्यसामुदायिक विश्वभाषा पुस्तकालयको दशौं बार्षिक उत्सव, स्रष्टा सम्मान तथा काव्य गोष्ठिको अवसर पारेर धनकुटाकी डा.झमककुमारी घिमिरे सम्मान सहित मधुश्री बिशिष्ट साहित्य पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । 

उहाँले विगत दुई दशकभन्दा बढि नेपाली साहित्यको विभिन्न विधामा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै साहित्यकार झमकको साहित्यमा जीवनका उकाली आराली सुख दुःख घामछाया प्रतिबिम्बित रहने गरेको र  जहाँ हामी आफ्नु माटोको सुवास पाउछौं लामो समयदेखि नेपाली साहित्यको विभिन्न बिधाको सिर्जना गरी हाम्रो मन मुटुलाई स्पर्श गर्दै राष्ट्रलाई योगदान दिन सफल हुनुभएको भन्दै उहाँले साहित्यको क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै नगद पुरस्कार, सम्मानपत्रका साथमा दोसल्ला ओढाएर सम्मान सहित पुरस्कृत गरिएको हो ।  IMG20211023122416 (1)

उहाँ सहित यसैगरि भाष्कर लामिक्षाने लोक संस्कृति पुरस्कारबाट काठमाण्डौकी सुनिता शर्मा, गंगाराम भद्रशिला स्मृति पुरस्कारबाट विराटनगरको योगमाया शक्तिपिठ, कृष्णकुमारी वेणीमाधव समाजसेवा पुरस्कारबाट पुर्वाञ्चल अनाथ आश्रम विराटनगर, डिल्लिमाया बराल प्राज्ञिय एकल महिला पुरस्कारबाट विराटनगरकी सरला चापागाईलगायतलाई पुरस्कृत गरिएको छ भने गर्गश्री सम्मानबाट षडानन्द स्मृति प्रतिष्ठान ईटहरी सम्मानित भएको छ । 

२०६८ सालमा टीका प्रसाद लामिक्षाने धनकुटा नगरपालिका वडा नम्वर ५ स्थित देवानटारमा स्थापना भएको यो संस्थाले विभिन्न विधालाई समेटर स्थापनाकालदेखि नै स्रष्टा सम्मान र पुरस्कृत, रचना बाचन प्रतियोगिता, साहित्य गोष्ठिलगायतका अनुकरणीयकाम गर्दै आईरहेको छ । IMG20211023132019

साहित्यकार, स्रष्टाहरु समाजकाअतिउपयोगी र अविभाज्यजमात रहेको र कुनै कालखण्डलाई अर्को कालखण्डसँग जोड्ने उन्नायकहरु भएकाले स्रष्टाहरुले विचार दिने समाजलाई मार्गदर्शन दिने, विगतलाई बर्तमानसँग जोड्ने, सुदुर भविष्यको परिकल्पनाको यात्रा गराउने अनेकार्थ भावबाट स्रष्टाहरु पुज्य हुने भएकाले यस पुस्तकालयले प्रत्येक बर्ष स्रष्टाहरुको मनोवल उच्चराख्न स्रष्टा सम्मान तथा काव्य गोष्ठिको आयोजना गर्दै आएको गर्गाचार्यसामुदायिक विश्वभाषा पुस्तकालय अध्यक्ष घनश्याम बरालले जानकारी दिनुभयो ।

रचना वाचनका साथमा धनकुटा स्थित विश्रान्ति मन्दिरको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि एवम् साहित्यकार कुन्ता शर्मा, विराटनगर स्थित पुर्वाञ्चल बाल आश्रम प्रतिनिधी सीता पोखरेल, विराटनगर स्थित योगमाया शारिरीक पिठ प्रतिनिधी कविता चापागाई, कवि कथाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञय सभा सदस्य विवस पोखरेल, कवि, समालोचकलगायतको उपस्थिति रहेको थियो ।