मोरङ । उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी अभियान अन्र्तगत बुधबार उर्लाबारी-३ मगलबारेका भित्रि सडकमा सडक बत्ति विस्तार गरीएको छ ।

रातको समयमा हुने सडक दुर्घटना र चोरी डकैतिलाई नियन्त्रण गर्ने उद्ेश्यले नगरपालिकाले अभियान थालनी गरेको हो ।

उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी अभियान अन्र्तगत पुर्व पश्चिम राजमार्ग र उर्लाबारी-मधुमल्ला र उर्लाबारी-इटहरा सडकामा बत्ति विस्तार पश्चात भित्री मुख्य सडकहरुमा बत्ति जडानलाई तिव्रता दिइएको हो ।

सडक बत्तिको उद्घाटन उर्लाबारी नगरपालिका मेयर खड्ग बहादुर फागोले गर्नुभएको हो ।

सडक बत्तिको उद्घाटन गर्दै मेयर फागोले उर्लाबारी नगरपालिकाका सवै शाखा सडकहरुका सडक बत्तिको विस्तार गर्दै उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी बनाउने अभियानमा लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बुधबार उर्लाबारी-३ को मगलबारे चौक बाट सिमासार जाने बाटो अन्र्तगत त्रिवेणी चौक र थापाचौक देखी माझी चौक सम्म जाने बाटोको ६० स्थानर्मा  बत्ति जडान गरिएको सडक बत्ति विस्तार समितिका अध्यक्ष अर्जुन तुम्रोकले बताउनु भयो ।

उद्घाटन कार्यक्रममा वडा नम्वर-३ का अध्यक्ष गञ्जबहादुर कार्की महिला नेतृ शोभा चेमजोङ, वडा सदस्य सोम प्रसाद तिम्सीना, नेपाली काग्रेस वडा सभापति रोहित कार्की लगाएको उपस्थिती रहेको थियो ।