मोरङ । सोमवार राति देखी परेको अविरल बर्षाका कारण पुर्वी मोरङको उर्लाबारीमा बाढी पस्दा गाउ नै डुवानमा परेको छ ।

स्थानिय बक्रा, मावा, तेली र नुनसरी खोलामा पानीको बहाव उच्च भएपछि खोलाको पानी गाउ पसेको हो ।

बेमौसमी अविरल झरीका कारण स्थानिय मावा खोलामा आएको बाढीका कारण उर्लाबारी-७ मा ३ घर र एक गोठमा क्षति पुगेको स्थानिय भिम थापाले बताए ।

थापाका अनुसार स्थानिय बलबहादुर रोक्का, राजु मगर र टिकामाया सार्कीको घरमा बाढीले क्षति पुर्‍याएको हो । भने स्थानिय प्रकाश घिमिरेको गोठमा क्षति पुर्‍याएको उनले बताए ।

यस्तै सोही खोलाले उर्लाबारी-९ को गाइघाटमा तटवन्धन कटान गरी खोलाको पानी गाउ पस्दा गाउ नै डुवानमा पार्नुका साथै  लगभग १० विगाहा जमिनमा लगाएको धानबाली कटान गरी बगाएको स्थानिय पदम्न प्रसाद घिमिरले बताए 

घिमिरे भन्छन्-“खोला बाध कटान गरी गाउ पस्यो रातभरी त्रासमा बाचियो आधिया ठेक्का गरेर जिविको पार्जन गर्दै आएका थियौ धानबालीमा अहिले हसीया चलाउने अवस्था छैन अव खै के गर्ने।”

यस्तै बक्रा खोलामा आएको बाढीका कारण उर्लाबारी-१ को कोपीला चौक क्षेत्रमा खोलाको पानी गाउ पस्दा २ वटा कर्लभटहरुमा क्षति पुर्‍याउनुका साथै धानबालीमा क्षति पुर्‍याएको छ ।

भने तेली खोलामा आएको बाढीका कारण उर्लाबारी-२ को पुरानो बजार र देवीझोडामा कटान गर्नुका साथै देविझोडा जोड्ने एउटा कर्लटमा क्षति पुर्‍याएको छ । 

२ दिन देखी परेको अविरल बर्षा आज भने मथ्थर भएको छ । कटान लागेको क्षेत्रहरुमा कटान रोकथामका लागि तत्काल बाँसको अस्थायी प्रकृतिको तटवन्धन गरीने नगरपालिकाले जनाएको छ ।

यस्तै उर्लाबारी नगरपालिकाले बर्षा सगै आएको हावाहुरीका कारण किसानको पाक्न लागेको धान र पाकेर उठाउन बाकी रहेको धानबालीमा पुर्‍याएको क्षतिको लगत संकलन कार्य पनि थालनी गरेको छ ।

अधिया ठेक्का गरेर जिवीको पार्जन गर्दै आएका किसानले लागाएको धानबालीमा बर्षासगै आएको हुरीले ठुलो क्षति पुर्‍याएपछि किसानलाई राहत स्वरुप धानबालीको क्षतिपुर्ती दिलाउन प्रदेश सरकार र संघिय सरकारमा पठाउने र कतैबाट सहयोग प्राप्त नभए नगरपालिका आफैले कृषकहरुलाई राहत दिने नगर प्रमुख खड्ग बहादुर फागोले बताउनु भयो ।

पुर्वी मोरङमा यसपटकको बाढीले अन्य स्थानिय तहको भन्दा बढी क्षति गरको छ । भने  मिक्जाजुङ, रतुवामाई, पथरीशनिश्चरेमा खोलाको पानी गाउ पस्दा डुवान हुनुका साथै कृषकको पाकेको धानबालीमा क्षति पुर्‍याएको छ ।