मोरगं । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनकोे सुन्दरहरैचाको दोस्रो अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
दोस्रो अधिवेशनले दिपेन राईको अध्यक्षतामा प्याब्सन सुन्दरहरैचा नगरसमिति चयन गरेको थियो ,दोस्रो अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिको पदस्थापन एक कार्यक्रमका विच गरिएको हो ।
सुन्दरहर्रैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा प्याव्सन नगरसमितिका अध्यक्ष हरिचन्द्र ढकालको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरियो ।
प्याब्सन सुन्दरहरैचाको दोस्रो अधिवेशनले दिपेन राई अध्यक्ष, दिपक केसी उपाध्यक्ष टिका पराजुली सचिव र तिलक राई कोषाध्यक्षमा चयन गरेको थियो त्यसै गरी सुर्य दंगाल ,नर्वदा श्रेष्ठ र जिवन बस्नेत नयाँ कार्यसमितिको सदस्यमा रहेका छन ।
पदस्थापन कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्यद्धय हेमन्त कार्की, कविन्द्र मण्डल, प्रदेस उपाध्यक्ष ज्ञानेन्द्र दाहाल , नेल्टा सुनसरी अध्यक्ष रविन बराल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















