इटहरी । बहुसंख्यक महिला सदस्यहरु रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले गत आर्थिक वर्षमा मात्रै ४३ करोड वढी ऋण लगानी गरेको छ ।

   महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा २४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष अमृता सुब्बाले आर्थिक वर्ष २०७७÷७८मा मात्र ४३ करोड ८३लाख ६५हजार ३सय ६६ रुपैया ऋण लगानी भएको जानकारी गराएकी हुन ।IMG_5982

   अध्यक्ष सुब्बाले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदनमा ३८ करोड ८०लाख ८६हजार ५सय ८४रुपैया ऋण असुली भएको र कुल लगानी हाल ४९ करोड ४९लाख ११ हजार ३सय ९३ रुपैया रहेको उल्लेख गरिएको छ । त्यसै गरी संस्थाले १करोड ८२लाख ४८हजार २सय ८३ रुपैया दुख नाफा समेत गरेको पनि उल्लेखित छ ।IMG_5973

  सहकारी महासंघकी वरिष्ट उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा महिनाको उत्कृष्ट सदस्य सम्मानबाट १२ र सदस्य विस्तारमा उल्लेखिय सहयोग गर्ने १५ भन्दा वढी सदस्य वनाउनेहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा १ नम्बर प्रदेस सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार बलराम निरौला , राष्ट्यि सहकारी महासंघका सञ्चालक समिति सदस्य शिवकुमार डाँगी , दुर्गा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुवेर शर्मा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।