इटहरी । चाड पर्वका समयमा रक्तदान कार्यक्रमहरु कम हुने तर्फ मध्यनजर गर्दै मानव उपचारका लागि आवश्यक पर्ने रगत कमि नहोस भनेर सुनसरीको इटहरीमा आयोजित रक्तदानका कार्यक्रममा ५०ले रक्तदान गरेका छन ।
नेपाल रेडक्रस सोसाईटी इटहरी , सामुदायिक प्रहरी साझेदारी इटहरी र नेपाल पत्रकार महासंघ सुनसरीले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जना महिला ,पुरुषले रक्तदान गरेका हुन ।
विशेष गरी चाडपर्वको समयमा रक्तदान कार्यक्रमहरु कम हुने गरेका कारण मानव उपचारका लागि आवश्यक रगत अभाव हुन सक्ने तर्फ मध्यनजर गर्दै रगत अभाव नहोस भनेर नेपाल रेड्क्रस सोसाइटी इटहरीको पहलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेड्क्रस सोसाइटी रक्तसंचार केन्द्र धरानमा संकलन हुने रगत मध्ये ४० प्रतिशत संकलन हुने इटहरी क्षेत्रमा कोरोना कहरका समयमा समेत रेड्क्रस इटहरीको आग्रहमा रक्तदान कार्यक्रमहरु समय समयमा हुदै आएको थियो ।

नेपाल रेड्क्रस सोसाइटी इटहरीका सस्थापक संयोजक राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको थियो । सोही रक्तदान कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी इटहरीले खरिद गर्न लागेको शव वाहनका लागि नागरिक समाज इटहरीका पुर्व अध्यक्ष दिनेश रसाईलीले ५० हजारको चेक रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष विमल पौडेललाई हस्तान्तरण गरे ।
रक्तदान कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिक लाल चौधरी , लायन्स क्लव जिल्ला परिषद सह अध्यक्ष नरनाथ सापकोटा नेपाल पत्रकार महासंघ सुनसरीका सचिव ध्रुब ढकाल लगायतको सहभागिता रहेको थियो ।




















