इलाम । दशैंको समयमा समेत विपन्नताका कारण हातमुख जोड्न समस्या नहोस भनेर क्वीक रेस्यु टिम नेपालले इलाममा दुई सय परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
माई नगरपालिका वडा नम्बर ५, ९ र १०का अति विपन्न परिवारका दुई परिवारलाई चामल लगायतका सामाग्री वितरण गरिएको हो । क्वीक रेस्यु टिमका अध्यक्ष विक्रम एक्तेनले विपन्न परिवारका मानिसहरुलाई दशैंको समयमा केही सहयोग पुगोस भनेर प्रति परिवार ३० केजीको एक वोरा चामल , मास्क ,सावुन लगायतका सामाग्रीहरु वितरण गरिएको जानकारी दिए ।
विभिन्न विपदका समयमा समेत क्वीक रेस्यु टिम नेपालले प्रदेस नम्बर १का विभिन्न जिल्लाहरुमा सहयोग सामाग्रीहरु वितरण गर्दै आएको छ । कोरोना कहरका समयमा रोजगारी गुमाएका विपन्न परिकारका मानिसहरुलाई खाद्यान्न सामाग्री वितरण गर्ने देखि कोरोना नफैलियोस भनेर स्वास्थ्य सुरक्षा सामाग्रीका साथै कोरोना लागि सकेकाहरुका लागि मिनी प्रोटेवल अक्सिजन , वाफ लिने स्टीमर , औषधी लगायतका सामाग्री समेत क्वीक रेस्यु टिमले वितरण गरेको थियो ।




















