इटहरी । सडक क्षेत्रबाट उद्धार गरिएका मानिसहरुलाई समेत आश्रय दिदै आएको इटहरीमा रहेको माया घर नेपालमा आश्रीतहरुलाई लक्षित गरी इटहरीमा रहेका लियो क्लवहरुको संयुक्त आयोजनामा खाद्य सामाग्री वितरण गरिएको छ ।
इटहरी क्षेत्रमा रहेका आठ वटा लियो क्लवहरुले चार्ड पवको समयमा पारेर आश्रममा वस्दै आएकाहरुलाई लक्षित गरी दाल र तेल उपलव्ध गराएका हुन ।
मायाघरमा तत्कालिन अवस्थामा दाल र खाने तेलको आवश्यकता रहेको तर्फ मध्यनजर गर्दै लियो क्वहरुको तर्फबाट एक सय केजी दाल र ६० लिटर खानेतेल उपलव्ध गराइएको खाद्यान्न वितरण कार्यक्रमका संयोजक लियो क्लव अफ इटहरी मनकामनाका अध्यक्ष सजन भण्डारीले जानकारी दिए । लियो क्लव अफ इटहरी सिटीका अध्यक्ष राजा श्रेष्ठको अध्यक्षता तथा लियो क्लवका जिल्ला परिषद ३२५ एवान का सहसचिव रोशन तिम्सिना, जिल्ला परिषद ३२५का ब्लड सभिर्स चिप भुमिराज भेटवाल लगायतले मायाघरका लागि खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन । युवाहरु आवद्ध इटहरी क्षेत्रमा रहेका लियो क्लवहरुले सामाजिक सेवाका क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएका छन ।




















