धनकुटा । कोशी कोरिडोर बिद्युत प्रसारण लाइनको चाबी नेपाल विधुत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङ्गलाई एक कार्यक्रमका बिच धनकुटामा हस्तान्तरण गरिएको छ ।
सुनसरी देखि तुम्लीङ्गटार सम्म करिब ७६ किलो मिटरमा ३ सय २६ वटा टाबर निर्माण गरिएको प्रशारण लाईनको उक्त चावि ठेकेदार कम्पनी कलपत्रु पाबर ट्रान्समिसन लिमिटेडले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान हस्तान्तरण गरेको हो ।
कोशी कोरिडोर अन्र्तरगतको पहिलो प्याकेजमा पर्ने सुनसरी जिल्लाको इनरुवा देखि संखुवासभा जिल्लाको तुम्लीङ्गटार सम्मको २२० के.भी. प्रसारण लाइन निर्माण कार्य सम्पन्न गरि ठेकेदार कम्पनीले यो प्रसारणलाई चावि हस्तान्तरण गर्दै नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
यसका साथै दोस्रो प्याकेजमा पर्ने बसन्तपुर, बोनेश्वर, तुम्लीङ्गटार र इनरुवामा निर्माण हुने २२० स्तरको सब स्टेसनको कार्य समेत ८० प्रतिसत भएको छ भने तेस्रो प्याकेजमा दुई अर्ब पचाँस करोड रुपैयाँको लागतमा निर्माण हुने बसन्तपुर देखी ढुङ्गे साँघु सम्मको करिब ३५ किलो मिटरको प्रसारण लाइन निर्माणको कार्य समेत ७० सम्पन्न भएको छ ।
यी सबै आयोजना निर्माण पछि अरुण र तमोर नदि तथा तिनका सहायक नदिमा निर्माण गरिने जल बिद्युत आयोजनामा उत्पादित बिजुली ग्राहक सम्म पुर्याउन सहज हुने नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो ।
उहाँका अनुसार आयोजनाहरु बाट उत्पादन हुने विद्युत प्रसारणको लागि सो लाईनको दोस्रो सर्किटको तार तान्ने र सम्बन्धित सबस्टेशनहरुमा २२० केभि लाईनको ट्रान्सफर्महरुको क्षमता विस्तारका लागि विद्युत प्राधिकरणबाट यथासक्य छिटो काम गर्ने योजना रहेको छ ।




















