इटहरी । पुर्वकै पहिलो डिपार्टमेन्ट स्टोर गोरर्खा डिर्पाटमेन्ट स्टोर र तिरुपति अटो सिटीको संयुक्त आयोजना गोरखा डिपार्टमेन्ट स्टोरका ग्राहकको लक्की ड्र सार्वजनिक गरियो ।
दुई हजार भन्दा वढीको सामान किन्ने ग्राहकहरुलाई उपलव्ध गराइने कुपनबाट वार्षिक रुपमा लक्कि ड्र गर्दै पुरस्कार वितरण गर्ने गरिएको हो ।
यस पटकको लक्कि ड्र अन्र्तगत मोरङको विराटनगरका विवेक शर्मा दोस्रो रविना कोइराला र तेस्रो अनिल कुमार मिश्रले पुरस्कार हात पारे पहिलो पुरस्कार यामाहाको रे जेट ,दोस्रो राइस कुकर र तेस्रो आईन रहेको थियो ।
त्यसै गरी सान्त्वना पुरस्कार दुई जनालाई यामाहा व्याग राखिएको तिरुपति अटो सिटिका प्रवन्ध निर्देशक संयोग पराजुलीले जानकारी दिए । गोरखा डिर्पाटमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यको अध्यक्षता तथा उद्योग वाणिज्य संघ इटहरीका बरिष्ट उपाध्यक्ष दिवस पोखरेलको प्रमुख आतिथ्यमा लक्की ड्र सार्वजनिक गरियो ।




















