इटहरी । मःमःका पारखीहरुलाई स्वाद र सन्तुष्टिलाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा माया फ्रोजन फुडले ९० दिन सम्म खाना सकिने गरि तयार पारेको विभिन्न प्रकारका मःमः बजारमा ल्याएको छ ।

   पछिल्लो समयमा धेरै मानिसहरुले खाजाका रुपमा रुचाउने मःमः सहज रुपमा उपलव्ध गराउदै १८डिग्रीमा राखेर ९० दिन सम्म उपभोग गर्न सकिने मःमः प्याकेट माया फ्रोजनले विक्री वितरण सुरु गरेको हो ।IMG_5891

  माया फ्रोजनले फ्रोजन भेज, चिकेन र बफ मःमःको उत्पादन गरेको तथा विक्रीका लागि इटहरीका विभिन्न सपिगं स्टोरहरुबाट समेत विक्री हुने सञ्चालक पृथ्वी पराजुलीले जानकारी दिए । उनले मेसिनको प्रयोग नगरी बनाइएको मःमःको प्याकेट विक्री वितरण गरिदै आएको वताए । एउटा प्याकेटमा २४ पिस मःमः रहने जनाइयो ।

   इटहरी क्षेत्रमा फ्रोजन मःमःले विक्री सुरु गरिसकेको जानकारी दिदै माया मःमःका मेनेजर नविन कार्कीले फ्रोजन मःमःका विषयमा वताए ।

  कार्यक्रममा माया फ्रोजन मःमः निकट भविष्यमा इटहरी बाहेक विराटनगर , धरान ,पथरी र इनरुवा लगायतका पुर्वका सहरहरुमा उपलव्ध गराइने समेत सो अवसरमा जनाइयो । कार्यक्रममा माया फ्रोजन फुडका सहायक मेनेजर पर्शुराम वुढाथोकी लगायतको सहभागिता रहेको थियो ।