इटहरी । इटहरीमा रहेर सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै कलाकार विक्रम श्री लाई सुनसरीको इटहरीमा रहेको सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सम्मान गरेको छ ।
मूर्तिकलाका क्षेत्रमा देश विदेशमा नाम कमाएका कलाकार विक्रम श्रीले सामाजिक सेवाका क्षेत्रमा समेत पुर्याउदै आएको योगदानको कदर गर्दै सिटी बचत तथा ऋण सहकारी संस्था २०औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा सम्मान गरेको हो ।
सिटी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुष्कर थापाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख रेवती पोखरेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा विभिन्न विधामा आफना सेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
यसरी सम्मानीत हुनेहरुमा उत्कृष्ट कारोवार शारदा प्रसाद दंगाल, उत्कृष्ट सेयर सदस्य निरप्रसाद कोइराला, जेष्ठ सेयर सदस्य सम्मान सन्तलाल अग्रवाल , उत्कृष्ट कर्मचारी राजन माझी ,उत्कृष्ट नियमित बचतकर्ता सञ्जय शर्मा , उत्कृष्ट ऋणी रिना थापा र वर्ष विजेता सम्मानबाट गणेशप्रसाद निरौलालाई सम्मान गरिएको सचिव योगा पौडेलले जानकारी दिइन ।
वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनमा संस्थामा एक हजार ७ जना सेयर सदस्य रहेको तथा ३करोड ४६लाख ८८ हजार ६सय सेयर पूँजी रहेको तथा ६ करोड ३४लाख ७३हजार ५सय ४३ रुपैया बचत र ९ करोड ४३लाख ५२हजार २सय ५६ रुपैया ऋण लगानी रहेको उल्लेख गरिएको छ ।
गणेश प्रसाद निरौलाको संयोजकत्वमा भएको कार्यक्रममा पुर्व अध्यक्ष बोधराज नेपाल,उर्मिला कटुवाल , वचत तथा ऋण सहकारी संघ सुनसरीकी वरिष्ट उपाध्यक्ष योगमाया सुवेदी , शम्भु श्रेष्ठ ,सल्लाहकार शिवराम शर्मा लगायतको उपस्थिती रहेको थियो ।




















