नेपालबाट पठन पाठनका लागी बाहिर देश जानेहरुका लागी आबश्यक परामर्श उपलब्ध गराउने उदेश्यका साथ एसएमएस एजुकेशन सर्भिसेसले अन्तकृया कार्यक्रम आयोजना गर्ने भएको छ । 

शनिबार इटहरीमा प्रदेश १ भरका विभिन्न संकायमा अध्ययनरत विद्यार्थिहरुका लागी कार्यक्रम आयोजना गरेको हो । प्रदेश भरका ३०० भन्दा बढि विद्यार्थीहरु उपस्थित हुने कार्यक्रम शनिबार इटहरीमा र जनकपुरमा असोज २३ गते आयोजना गरीने आयोजकले जानकारी दिएको छ । पछिल्लो समय अध्ययनका लागी बिदेश जानेहरुको सख्या उल्लेखनिय रहेको छ, यसरी बाहिर जादाँ विभिन्न समस्या भोग्नु पर्ने हुदाँ त्यस्तो न होस भनेर एसएमएस एजुकेशन सर्भिसेज फेयर २०२१ भनेर देशका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गर्दै आएको  छ ।

बैदेशीक रोजगारीका बारेमा जानकारी तथा त्यहाँको अवस्थाको बारेमा बृहत रुपमा प्रशिक्षण दिएपछी विद्यार्थीहरुले विदेश गएर नअलमलिने तथा विदेशी दलालहरुको भरमा लाखौ रकम खुवाउन नपर्नेमा आयोजकले उदेश्य रहेको छ ।