मोरगं। स्थानीयवासीले स्वास्थ्य उपचारका लागि सहज होस भन्ने उद्धेश्यले मोरगंको सुन्दरहरैचा वडा नम्बर ६ को तेह्थुमे टोलमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास गरिएको छ ।
आगामी ६ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी लक्ष्य राखि निर्माण गर्न लागिएको गणेश लिला स्वास्थ्य चौकीको एक कार्यक्रमका विच जग्गादाता राजेश श्रेष्ठ र सुन्दरहरैचा वडा नम्बर ६का वडाध्यक्ष जिवन कुमार राईले संयुक्त रुपमा शिलान्यास गरेका हुन । 
स्वास्थ्य चौकी निर्माणका लागि इटहरीका समाजसेवी राजेश श्रेष्ठले ३ कठ्ठा जग्गा स्वास्थ्य चौकी निर्माणका लागि उपलव्ध गराएको जानकारी दिए । जग्गादाता श्रेष्ठले स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या हुँदा समेत टाढा जानु परिरहेको अवस्थाको अन्त होस भनेर स्वास्थ्य चौकी निर्माणका लागि जग्गा उपलव्ध गराएको वताए । चार कोठे स्वास्थ्य चौकी भवन निर्माण साथै फर्निचर लगायतको व्यवस्थापनका लागि ६६ लाख लागत लाग्ने अनुमान सहित निर्माण कार्य सुरु गरिएको शिलान्यास कार्यक्रममा जानकारी गराइयो । सो क्षेत्रमा स्वास्थ्य चौकी निर्माण सम्पन्न भएपछि स्थानीयले आफनै ठाउँबाट स्वास्थ्य उपचार सेवा पाउने विश्वास गरिएको छ ।




















