धनकुटा । बैवाहिक स्थितीका आधारमा विभेद नगरौं भन्ने नाराका साथ मानव अधिकारकालागि महिला, एकल महिला समुह धनकुटाको पाँचौं साधारण सभा सम्पन्न भएको छ । 

पाँचौं साधारण सभाको अवसर पारेर आउदै गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत्, छठ, वाडाङमी तथा अन्य राष्ट्रिय पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्नु भएको थियो ।  

उक्त कार्यकमका प्रमुख अतिथी नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल बहादुर थापाले  बोल्दै प्रतिष्ठान मार्फत आगामि दिनमा एकल महिलाहरूलाई आवश्यक सहयोग गर्ने प्रतिवद्दता जनाउदै कोरोना भाईरस कोभिड १९ को संक्रमण जोखिमबाट सर्तकता अपनाउदै एकल महिलाहरूकालागि समेत स्वास्थ्य सामग्रीहरु धनकुटामा ल्याईसकेको भएता पनि विभिनन् समस्याका कारण हस्तान्तरण गर्न नसकिएको र चाडै उक्त सामग्रीह हस्तान्तरण गरिने बचन दिनुभयो । IMG20210928122805

उहाँका अनुसार महिला हिंसाको दोसिलाई कारवाहि गर्न नसक्नुको मुख्य कारण नै महिलाले साविकि वयान फेर्नु रहेको छ । 

एकल महिला भनेका राष्ट्रका सम्पति रहेको बताउदै दैवले ठगेका एकल महिलाको आर्थिक स्थितिमा सुधार गर्न स्थानीय तहले हालसम्म केहि व्यावस्थापन नगरेको र आगामि चुनाव पछि आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने संविधान सभा सदस्य मनोहरनारायण श्रेष्ठले आश्वसन दिनुभयो ।

उक्त कार्यक्रम मानव अधिकारकोलागि महिला, एकल महिला समुह जिल्ला कार्य समिति धनकुटाको आयोजनामा सम्पन्न गरिएको आयोजक संस्थाका अध्यक्ष मीना राईले जानकारी दिनुभयो । उक्त कार्यक्रमको अवसर पारेर टेवाको सहयोगमा एकल महिलाहरूको आयआर्जनकालागि भन्दै जिल्लाका ११ जना एकल महिलाहरूलाई नगद पाँचहजार पाँचसय सहयोग स्वरूप प्रदान गरिएको छ । 

जिल्ला भित्रका सात स्थानीय तहका प्रत्येक पालिकाका कम्तिमा १ जना एकल महिला पर्ने गरि ११ जना एकल महिला छनौट गरेर नगद हस्तान्तरण गरिएको हो । उक्त नगद प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि, संस्थाका अध्यक्षलगायतले हस्तान्तरण गर्नु भएको हो । 

नगद पाउने एकल महिलाहरूमा सन्चमाया लिम्बु, लिलरूपा थापा, लिला मगर, कल्पना भट्टराई, राजकुमारी राई, मीना राई, निर्मला श्रेष्ठ, झनमाया मादेनलगायत रहनु भएको छ । 

जेष्ठ एकल महिलालाई प्रोत्साहन स्वरूप सञ्चारकर्मी एवं एकल महिलाका सल्लाहकार जयन्ती राईले रिख्खिमाया राईलाई नगद र खाँदा ओढाएर सम्मान गर्नु भएको छ ।

सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि संविधान सभा सदस्य मनोहरनारायण श्रेष्ठ, प्रदेश सभा सदस्य लिला सुब्बा, संविधान सभा सदस्य अन्जना ताम्ली लगायतको उपस्थिति रहेको थियो ।