पथरी । इलाका प्रहरी कार्यालय पथरीले १ भारतीय नागरिक सहित २ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको अररिया जिल्ला मुरारीपुर ग्रामपञ्चायत बस्ने वर्ष २० का साहदिक आलाम र सुनवर्षी नगरपालिका-८ बस्ने वर्ष २७ का जफर आलम रहेको इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी कृष्ण खड्काले बताए ।

उनिहरुको साथ बाट प्रहरीले ब्राउन सुगर १.८ ग्राम इस्कुफ डिएक्स १०० लेखिएको ३ बोतल र निट्राभेट-१० लेखिएको ९ चक्की सहित १ थान मोटरसाइकल सहित प्रहरीले पथरी शनिश्चरे-४ पासवन टोलबाट नियन्त्रणमा लिएको जनाएको छ ।

भारत र नेपाल विचको खुला सिमा नितिका कारण सहज रुपमा आवतजावत गर्न सकिने भएकाले कारोबारीहरुले प्रहरीको आखा छलेर भारतबाट नेपाल सहज रुपमा लागुपदार्थ नेपाल भित्रयाउने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनिहरुलाई लागुपदार्थ ओसारपसार तथा लागुपदार्थ कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरी कार्वाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।