इटहरी । विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने उद्धेश्यले रोटरी क्लव अफ इटहरीको आयोजनामा मैले चाहेको परिवर्तन शिर्षकमा नेपाली र अग्रेजी विषयमा निबन्ध लेखन प्रतियोगिता गरिएको छ ।

   प्लस टु देखि मास्टर डिग्री सम्मका विद्यार्थीहरुको सहभागितामा इटहरीको पिसजोन आवासिय माविमा प्रतियोगिता अन्र्तगत लेखन कार्य सम्पन्न गरिएको हो ।IMG_5324

  पिसजोन आवासिय माविका प्रिन्सीपल केवश भट्टराईको संयोजन रहेको प्रतियोगितामा धरान , इटहरी,विराटनगर र दमकका ६४जना विद्यार्थीहरुको सहभागिता रहेको आयोजक रोटरी क्लव अफ इटहरीकी अध्यक्ष शोभा कोइरालाले जानकारी दिइन । 

प्रतियोगिताको निर्णायकमा नेपाली तर्फ प्रा.डा.टंक न्यौपाने र अग्रेजी तर्फ सुकुना वहुमुखी क्याम्पसका गुणराज नेपाल रहेको र निबन्ध लेखन प्रतियोगिताको नतिजा सहित विजयी विद्यार्थीहरुलाई अर्काे कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने समेत अध्यक्ष कोइरालाले वताइन । प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई नगद २०हजार शिल्ड प्रमाण पत्र ,दोस्रो हुनेलाई १२हजार नगद शिल्ड प्रमाण पत्र र तेस्रो हुनेलाई ८ हजार नगद र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।