इटहरी । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनले हेमकर्ण पौडेललाई सभापतिमा चयन गरेको छ ।

      शनिवार भएको निर्वाचनमा दुई प्यानल भएर चुनावी प्रतिस्पर्धा गरेका विकास केसीलाई ४२ मतको झिनो अन्तरले पौडेलले पराजित गर्दै तेस्रो कार्यकालका लागि पौडेल इटहरी काँग्रेसको नगर सभापति वनेका हुन ।

    काँग्रेस नगर समितिको उपसभापतिमा पौडेल प्यानलका कोविदजंग कार्की ,केसी प्यानलका बालकृष्ण विष्ट निर्वाचिन भए । सचिवमा पौडेल प्यानलका विक्रम घिमीरे र केसी प्यानलका मन्दिप भट्टराई , सहसचिवमा केसी प्यानलकी मेनुका गिरी र पौडेल प्यानलका इश्वर तामागं विजयी भए । ३१ सदस्य कार्यसमितिमा पौडेल प्यानलका धेरै चयन भएका छन ।

स्थापन पक्षबाट केसी र स्थापन इतर पक्षबाट पौडेल नेतृत्वको प्यानल इटहरीको नगरकार्य समितिको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । कुल ४सय ८३ जना मतदाता रहेकोमा ४सय ८२जनाले मतदान गरेकामा सभापतिमा निर्वाचित पौडेले २सय ५३ मत र उनका निकटतम प्रतिद्धन्दी विकास केसीले २सय ११ मत पाएका थिए ।

यस अघि १३औं अधिवेशनमा पनि पौडेलले केसीलाई धेरै मतान्तरले पराजित गरेका थिए । विजयी पौडेलले सवैलाई समेटेर पाटी सञ्चालन गरिने तथा स्थानीय तह साथै जिल्लामा काँग्रेस नेतृत्वलाई आगामी निर्वाचनमा सफल वनाउन जुट्ने प्रतिक्रिया दिए ।