मानव धर्मका प्रणेता परमपुज्य  सद्गुरुदेव श्री सतपालजी महाराजको ७० औँ जन्मोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विश्व शान्ति दिवसको अवसरमा कोशीक्षेत्र आश्रम इटहरीले पूजा अर्चनाका साथ विविध  कार्यक्रमको आयोजना गरी  सम्पन्न गरेको हो । 
इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष  भीम बहादुर पौडेलको प्रमुख अतिथिमा  विभिन्न सङ्घ  संस्थाका सदस्यहरूको उपस्थितिमा  कोशीक्षेत्र कार्य समितिका उपाध्यक्ष सरोज आचार्य ले स्वागत गर्नु भएको थियो । अध्यक्ष बालीका पौड्यलज्युले संस्थाको परिचय दिनु भएको थियो । उक्त कार्यक्रममा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
रक्तदान कार्यक्रममा अहिलेको विषम पस्थितीमा अधिकासं अस्पतालमा रगतको अभावमा भएका कारण हरेक वर्ष विविध कार्यक्रम गर्दै आएको आयोजक कोशीक्षेत्र आश्रमले बताएको छ ।
241525735_630387008321382_8322742141079170291_n
242111962_2888872948092732_5799101733800927367_n