इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिक लाल चौधरीले सेवाग्राही महिलालाई अपमानजन शब्द प्रयोग गरेको भन्दै सार्वजनिक रुपमा माफि माग्नु पर्ने माग गर्दै महिला अधिकारकर्मीलाई नगरपालिकामा नाराबाजी गरेका छन ।

    गत भाद्र ३० गते उपमहानगरपालिकामा सिफारिस लिइ गएका इटहरी ४का सिता शेर्पा राई र सर्मिला भट्टराईलाई नगरप्रमुख चौधरीले अपमानजनक शब्द प्रयोग गरेको भन्दै महिला अधिकारकर्मीहरुले प्रर्दशन गरेका हुन ।

   नगरपालिका अगाडि पुगेर अधिकारकर्मी महिलाहरुले नगरप्रमुख चौधरी विरुद्ध नारावाजी गर्दै सार्वजनिक रुपमा नगरप्रमुखले सार्वजनिक रुपमा माफी माग्नु पर्ने आवाज उठाएका हुन ।IMG_5220

महिलाहरु  प्रर्दशनमा उत्रिएपछि सुरक्षाका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । नगरप्रमुख चौधरीले महिलालाई गरेको अपमानजनक शब्द सार्वजनिक रुपमा माफ माग्नु पर्ने दवाव दिदै महिला सञ्जाल इटहरी ,प्रोत्साहन नेपाल , महिला सहयोगी समुह , साथी फाउण्डेशन , मानव अधिकार रक्षक सञ्जाल, नारी चेतना समाज , जागृति महिला महासंघ लगायतका संघसंस्थाले केही समयमा नगरपालिका अगाडि प्रर्दशन गरेका थिए ।

प्रर्दशनका क्रममा महिला अधिकारकर्मी कमला खड्का र योशा गुरागाईले नगरप्रमुख चौधरीले माफी नमागे सम्म आफुहरुको प्रर्दशन जारी रहने प्रतिक्रिया दिए।