पथरी । सामाजिक संजाल टिकटक बाट एकाएक चर्चामा आएको पथरी शनिश्चरे नगरपालिका-२ मा रहेको सेल्फी रोड बाट यौन क्रियाकलापमा लिप्त भइरहेको एक जोडी पक्राउ परेको छ ।

गत भदौ ३० गते अपह्रन्न करिब साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

खबर पाउना साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटो सहित सेल्फी रोड बाट उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका आटो चालक वर्ष ४० का पुरुष रहेका छन् भने पथरीशनिश्चरे नगरपालिका स्थायी ठेगाना भएकी वर्ष ३२ की महिला रहेकी छिन् ।

उर्लाबारी स्थित मगलबारे बाट अटोमा चढेर पथरीशनिश्चरे घर हिडेकी ति महिला र अटो चालक सो स्थानमा पुगेपछि यौनक्रियाकलापमा समलग्न भएको प्रहरीले जनाएको छ । 

मादक पदार्थ सेवन गरेका दुवैले महिलालाई घर पुर्‍याउने क्रममा सो क्षेत्रमा अवान्छित गतिविधीमा समलग्न पाइएको प्रहरीले जनाएको छ । 

उनिहरुलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलापमा समलग्न भएको आरोपमा प्रहरीले अभद्र व्याबहारमा मुद्दा दर्ता कार्वाही अगाडी बढाएको जनाएको छ । 

स्थानिय चौतारी सामुदायिक बन क्षेत्रमा पर्ने सो रोड करिब ढेड वर्ष अघि देखी सामाजिक सजाल टिकटक र सेल्फी पारखीहरुका लागि गनतव्य स्थल बन्दै आएको छ ।

सामाजिक सजालमा एकाएक भाइरल बनेपछि स्थानिय सरकारले सो क्षेत्रमा आउने आगन्तुकहरुको सहजता लागि बस्ने चौताराहरुको व्यावस्थापन पनि गरेको छ  । 

तर जंगल क्षेत्र भएका कारण उपयुक्त सुरक्षा ब्यावस्था  मिलाउन नसक्दा सो रोडमा विगत केही समय देखी नसालु पदार्थ सेवन गरी झै-झगडा हुने र अनैतिक क्रियाकलाप हुने गरेको भएता पनि स्थानिय नगरपालिकाले सो क्षेत्रलाई व्यावस्थित गर्न नसकेको स्थानियहरुको बुझाई छ ।

टिकटक बनाउने र सेल्फी खिच्ने मान्छेहरुको दैनिक बाक्लो उपस्थिति हुने गरेका कारण सेल्फी रोड पूर्वी नेपालमै चर्चीत छ । 

तर जंगल क्षेत्र भएका कारण आवश्यक सुरक्षाको प्रवन्ध नहुदा कुनै समय सो क्षेत्रमा जघन्य प्रकृतिको घटना घट्न् सक्ने स्थानिहरु बताउछन् ।

टिकटक बाट रोड त भाइरल भयो । भाईरल भएपछि रोड झनै असुरक्षित भएको बताउदै स्थानिय एक व्याक्तीले रोडमा आबश्यक सुरक्षा व्यावस्था मिलाउन नसके रोडमा हुने गतिविधिलाई स्थानिय सरकारले बन्द गर्नु पर्ने माग राखे ।

उनले भने दिन रात हाटबजार गर्ने हाम्रो रोड हो हाम्रो , कस्ता कस्ता मान्छे आउछन् थाहा छैन कहिलेकाही छोरीचेली एक्लै पनि हिड्नु पर्ने हुन्छ रोड नै असुरक्षित छ यदि छोरीचेली माथि कुनै पनि प्रकारको घटना घट्यो भने यस्को जवाफ स्थानिय सरकारले दिन्छ ।