धनकुटा । प्रतिष्ठान मार्फत धनकुटामा लाखौ रुपैयाँको स्वास्थ्य संस्थाहरु, सुरक्षा निकायहरु लगायत विभिन्न सामाजिक संस्थाहरुलाई स्वास्थ्य तथा सुरिक्षित सामाग्रीहरु प्रदान गरेको छ । 

सुर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष एवं पूर्व मन्त्री सुनिल वहादुर थापाले वितरण गर्नुभएको हो । 

नेपाली कांग्रेसका सहमहान्त्री समेत रहनु भएका थापाले सूर्य वहादुर थापा प्रतिष्ठानबाट काठमाण्डौमा विभिन्न स्वास्थ्य समाग्रीहरु संकलन गरेर ल्याएर धनकुटाका जनतालाई बचाउन उक्त सामाग्री वितरण गर्नु भएको हो ।

स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु प्रदान गरिएका संस्थाहरुमा जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय , धनकुटा अस्पताल, सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्ग गुल्म , नेपाली सेनाको सल्लेरी व्यारेक , एम्वुलेन्स चालकहरु,  उद्योग बाणिज्य संघ, नेपाल नेत्र ज्योती संघ, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन , जेष्ठ नागरिक समाज धनकुटा नगर, सिटि जेसिज ,  लेडिज जेसिज , नेपाली कांग्रेस  लगायतलाई प्रदान गरीएको छ ।241764220_376906004094108_2864494934624193864_n

करीव ६२ लाख रुपैयाँ वरावरका वितरण गरिएका स्वास्थ्य सामाग्रीहरु मास्क, सेनिटाईजर हेण्ड वास, औषधी, विपि ई किट, भिटामनिहरु, थर्ममिटर, अक्सिजन कन्सेटेटर मेसिनहरु, अक्सिजन सिलिन्डरहरु लगायत विभिन्न समाग्रीहरुे धनकुटामा वितरण गर्नु भएको  प्रतिष्ठानका महासचिव मदन घिमिरेले वताउनु भयो ।

उक्त समाग्रीहरु अध्यक्ष थापाले काठमाण्डौंमा आफ्ना सहयोगी साथीहरुबाट तथा विभिन्न सहयोगी संस्थाहरुसंग संकलन गरेर केही दिन अघि धनकुटा ल्याउनु भएको र अहिले वितरण गर्नु भएको हो ।

नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्त, वरख गण सल्लेर व्यारेकका गणपती कर्णेल दुर्गा थापा, पूर्व डिआई जि दिनेश अमात्य, जिल्ला प्रहरी कार्यालयका एस पी नकुल पोखरेल, सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्ग गुल्मका गुल्मपती रामचन्द्र श्रेष्ठ, राष्ट्रिय अनुसन्धान धनकुटाका प्रमुख तुलसी कटेल, नेपाली कांग्रेस धनकुटाका उपसभापती नविन किशोर शाक्यलगायतको उपस्थितिमा उक्त सामाग्री वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

संकलीत सामाग्रीहरु धनकुटाका जनतालाई धनकुटा कागं्रेस मार्फत वितरण गर्नका लागी ल्याएर प्यासिफिक होटलमा राखिएको थियो । उक्त स्वास्थ्य सामाग्रीहरुको विषयलाई लिएर तथ्य र यर्थाथ कुरालाई बंगाएर अतिरञ्जित ढंगले कपोलकल्पित किसिमले प्रचार गरी नेकपा एमाले धनकुटाले भ्रम सिर्जना गर्न खोज्दै नेपाली कांग्रेस धनकुटा र पार्टीका सहमहामन्त्रीको बदमान गर्ने कोसिस गरिरहेको प्रति नेपाली कांग्रेस धनकुटाले घोर आपत्ति  जनाएको थियो ।