सुनसरी । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल दुहबीको दोस्रो अधिवेशनले सर्वसम्मत सुशिल शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

     प्याब्सन दुहवीका अध्यक्ष पुरुषेत्तम राईको अध्यक्षता तथा प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले शाक्यको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।241823292_837503120297315_7289663072482763466_n

   नयाँ समितिको सचिवमा एस रहमान रहिम कोषाध्यक्षमा सुनिल बन्जरा रहेका छन भने सदस्यहरुमा हिरा चौधरी, सुरेश चौधरी , तीर्थ बजगाँइ , हरि नारायण माझी रहेको छन । 241254063_4451864398204090_3503395295960536456_nकार्यक्रममा प्याब्सन प्रदेस नम्बर १का सचिव सुमित थापा, केन्द्रीय सल्लाकार शंकर थापा, प्रदेस नम्बर १ प्याब्सन सचिवालय सदस्य निश्चलराज शाक्य , प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष अनुप योञ्जन तामागं ,प्याब्सन इनरुवा अध्यक्ष मनोज यादव लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।