इटहरी । कक्षा १२ को परीक्षा आज (बुधबार)देखि सुरु सुरु हुँदैछ । कोरोना महामारीका कारण परीक्षा रोकिएको थियो । सबै परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । खोप दिएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बाटो खुला गरिएको हो । 

खोपकै कारण परीक्षाका लागि अनुकूल वातावरण बनेको विज्ञहरु बताउँछन् । आजदेखि सुरु हुने परीक्षा आगामी असोज ८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ । 

यसअघि साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको थियो । तर कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएपछि परीक्षा रोकियो । 

परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन् । विद्यार्थीहरुलाई आफूले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने व्यवस्था मिलाइएको छ । परीक्षाको नतिजा आगामी मंसिरमा प्रकासन गर्ने तयारी छ ।