इटहरी । १ नम्बर प्रदेशको सरकारी कामकाजी भाषामा बान्तावा भाषालाई नसमेटेर अन्याय गरिएको भन्दै्र किरात राई बान्तावा खिमले आपती जनाएको छ ।

  सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै जनगणनाको समयमा समेत भाषाका विषयमा जानकारी नहुने गणकहरुलाई पठाएर तथ्याँक संकलन गरी वान्तावा भाषीको संख्या घटाइएको तथा अहिले प्रदेसको सरकारी कामकाजको भाषामा समेत नसमेटीएको भन्दै खिमले आपत्ती जनाएको हो ।IMG_5029

  पत्रकार सम्मेलनमा करात राई बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीले २०५८सालको जनगणनामा ३लाख ७१ हजार ५सय ५६ जनाले बान्तावा भाषा बोल्ने तथ्याँक देखाएकोमा २०६८सालको जनगणनामा सुनियोजित रुपमा छलकट गरी १लाख ३२हजार ५सय ८३ जना मात्र देखाइएको आरोप लगाए । उनले दस वर्षको अवधिमा जनसंख्या वृद्धि हुनु पर्नेमा सुनियोजित रुपमा सरकारी तथ्याँकमा किरात राईहरुको संख्या र बान्तावा भाषा बोल्नेहरुको संख्या घटाउने काम गरिएको भन्दै रोष प्रकट गरे ।

   १ नम्बर प्रदेसमा २६भाषिक किरात  राईहरु रहेको र झण्डै आधा हिस्साले बान्तावा राई भाषा बोल्ने गरेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । भाषा आयोले समेत किरात राई बान्तावा भाषीहरुलाई अन्यायमा पारेरको भन्दै पत्रकार सम्मेलनमा आयोगले सरोकारवालाहरुसंग छलफल नगरी हचुवाको भरमा निणर्य गरेको भन्दै आयोग प्रति पनि कार्यक्रम आयोजकहरुले गुनासो गरेका थिए  । यो निणर्य आफुहरुलाई मान्य नहुने भन्दै सच्याउनु पर्ने माग समेत किरात राईहरुले गरेका छन  ।