मोरगं । सकारात्मक सोच राखेर सामाजिक विकासमा लाग्ने हो भने सामान्य कामले समेत ठुलै परिवर्तन गर्न सकिने उदाहरण मोरगंको सुन्दरहरैचा नगरपालिका २ हरियाली टोलबासीले पुस्टी गरेका छन ।

    टोलका दायाँवाँयाका नालीसंगै केराका विरुवा लगाएर उत्पादित केरा विक्री गरेर टोलको सरसफाई , सडकमा डिभाइडर वनाउने जस्ता काम गरे हरियाली टोलीलाई नमुना टोल वनाउन टोलवासी जुटेका हुन ।

   सडक किनाराका नालासंगै उत्पादन दिने केराका विरुवा लगाएको साथै केराबाट आएको आम्दानीले सडकमा डिभाइडर वनाउने ,वोर्ड राख्ने लगायतका कामहरु गरी सकेको र थप उत्पादनमुलक विरुवा लगाएर आउने आम्दानीले पुस्तकालय वनाउने योजना रहेको स्थानीय अगुवा होमनाथ गौतम वताउछन ।IMG_4977

आम्दानी मुुलक विरुवाहरु लगाएर हुने आम्दानीवाट टोल विकासका लागि खर्चदा सानातिना विकास निर्माणका कामका लागि स्थानीय तहको मुख ताक्नु नपर्ने अवस्था नआउन गौतमको  वुझाई रहेको छ ।

 हरियाली टोलवासीले गरेका कामले आफु प्रभावित भएको भन्दै सुन्दरहरैचा वडा नम्बर २ का वडाध्यक्ष डोरीलाल चौधरीपनि वडाका अन्य टोलहरुमा समेत यस प्रकारको अभियान सुरु गर्ने वताउछन ।

मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर २मा रहेको एक हजार २५ मिटर लामो सडक किनारामा आगामी दिनमा उत्पादन दिने सुपाडी ,मेवा ,केरा लगायतका विरुवाहरु नालासंगै लगाएर त्यसबाट आउने आम्दानी टोल विकासमै खर्च गर्ने योजना हरियाली टोलवासीले गरेका छन । टोलवासी एकीकृत भएर टोल विकासका लागि अघि वढ्न टोल विकास संस्था गठन प्रकृयामा समेत हरियाली टोलबासी जुटेका छन । 


((