लेटाङ । लेटाङको लेटाङ नगरपालिकामा पर्यटकिय क्षेत्रको विषयमा छलफल तथो अन्तरधार्मिक शान्ति पार्क तथा राजारानी ताल  अवलोकन कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि प्रदेश नम्वर १ का प्रदेश प्रमुख शोमनाथ अधिकारी प्यासिले पर्यटन प्रबर्द्धनका लागि प्रचारप्रसार गर्नु पर्ने, प्राकृतिक सम्पदा, सांस्कृतिक पहिचान र मौलिकतामा जोड दिनु पर्ने, पर्यटकीय क्षेत्रलाई प्रदेश नम्वर १ को पहिचानका रूपमा विकास गर्नुपर्नेलगायतका विषयमा आफ्नो धारणा व्याक्त गर्नु भयो ।241389122_377716630645042_4360879977234873964_n

अन्तरधार्मिक शान्ति पार्क शान्ति  र अहिंसा भन्ने मुल नाराका साथ प्रदेश प्रमुख अधिकारी प्यासिको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा प्रथम महिला जानुका अधिकारी, पुर्व मन्त्री जीवन घिमिरे, बेलबारी नगरपालिका र पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख, केराबारी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सहितको उपस्थित टोलीले अनुगमन गरेको लेटाङ्ग नगरपालिकाका प्रमुख शंखर राईले जानकारी दिनुभयो।

औपचारिक कार्यक्रम समापन पश्चात प्रदेशको बजेटबाट निर्माणाधिन पर्यटकीय भौतिक संरचनाहरू राजारानी ताल र अन्तरधार्मिक शान्ति पार्कको अध्यक्ष, प्रदेश प्रमुख, नगर प्रमुख सहितको टोलिले अनुगमन गर्नु भएको प्रदेश प्रमुखका स्वकिय सचिव खेमराज अधिकारीले जानकारी दिनुभयो ।