इटहरी । लायन्स क्लव अफ इटहरी एक्टिभ , होटल तथा लज व्यवसायी समिति इटहरी र अम्बे बचत तथा ऋण सहकारी संस्था र हेल्पीगं युथ फर ब्लडले  संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१जनाले रक्तदान गरेका छन ।

     कोरोना कहर जारी रहेको समयमा रक्तदान कार्यक्रम कम भई रहेको समयमा विरामीहरुका लागि आवश्यक पर्ने रगत अभाव नहोस भनेर संयुक्त रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ जनामा महिला पुरुषले रक्तदान गरेका हुन ।20210911_102305

   लायन्स क्लव अफ इटहरी एक्टिभका अध्यक्ष उमानाथ दहालको अध्यक्षता तथा लायन्स क्लवका सेकेण्ड भाईस डिष्ट्रिक गर्भनर नरनाथ सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेल होटल व्यवसायी संघ प्रदेस नम्बर १ का उपाध्यक्ष गोविन्द थापा , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी अम्बे वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फडिन्द्र मगर , टंककुमारी गुरुगं लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

 रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।