इटहरी । लियो क्लव अफ इटहरी सिटीले कोरोना कहर जारी रहेको कारण रक्तदान कार्यक्रम कम भईरहेको तर्फ मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

  इटहरीको पचरुखीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २९ जना महिला पुरुषले रक्तदान गरे ।

 लियो क्लव अफ इटहरी सिटीका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी इटहरीका अध्यक्ष विमल पौडेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।IMG-20210911-WA0002

 सुजन भट्टराईको संयोजकत्वमा आयोजना गरिएको रक्तदान कार्यक्रममा स्वास्थ्य सुरक्षा अपनाएर कार्यक्रमको आयोजना गरिएको सफल पौडेलले जानकारी दिए ।